एनआरएनएले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

ENGLISH

SPECIAL

एनआरएनएले घर बनाउने आशामा तीन वर्षदेखि टहरामा लाप्राकवासी

अझै चार सय ९७ घर छाउन बाँकी

28 April, 2018 | Sandeep Bhattarai | 2990 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन।

सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो, एनआरएनको आशमा दुई वर्ष बित्यो’ लाप्राककी स्थानीय मैयाँ गुरुङले भनिन् ‘सरकारले अनुदान नदिने रे, एनआरएनको घर तयार भएको छैन टहरामै नबसेर के गर्नु ?’ लाप्राक सिङ्गो गाउँको साविक गाविस हो । उक्त गाउँ भूकम्प अघिदेखि पहिरोको जोखिममा थियो । भूकम्पपछि थप पहिरोको जोखिममा रहेको लाप्राकका स्थानीय गुप्सिपाखा सर्ने तरखरमा थिए। एनआरएनएले गुप्सिपाखामा सबै घर निर्माण गरेर सिङ्गो गाउँ नै पुन:निर्माण गर्ने सम्झौता गरेपछि लाप्राकी घर पर्खिरहेका छन्। तर एनआरएनको लाप्राक एकीकृत बस्ती निर्माणको काम निकै सुस्त छ।

पाँच सय ७३ घरधुरीको निर्माण तीन पाँच महिना अघि गएको ‘डिसेम्बर’ मा सिध्याउने पूर्व अध्यक्ष शेष घलेले उद्घोष गरेका थिए। त्यसयता भवन भट्ट अध्यक्ष भएको पाँच महिना पुग्यो तर अहिलेसम्म लाप्राक पुन:निर्माण सकिएको छैन र अझै केही महिना सम्पन्न हुने छाँटकाँट देखिँदैन।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।

पाँच सय ९७ घर निर्माण सिध्याउनु पर्नेमा सोमवार सम्म ७६ घर मात्रै छाइएको छ। यी घरमा निलो रङको जस्ता र ट्रस्ट टाँगिएका छन्। दुई सय १६ घर झ्याल सम्म निर्माण भएको छ भने ९६ घर त्यसभन्दा मुनिको भाग सम्म निर्माण भएको छ। एक सय ५ घर डिपिसी भएको छ । अझै २ घरको जग खन्न बाँकी छ भने ३३ घर जगको खाल्डो मात्रै खनेर राखिएको छ। ‘आउँदो असोज महिनासम्म बस्ती निर्माण सिध्याउँछौँ’ बस्ती निर्माणका साईड म्यानेजर एवं इन्जिनियर लक्ष्मण अर्यालले भने। अहिले धमाधम काम भईरहेको उनी बताउँछन्। ‘दुई महिना यता हामीले तिब्र रुपमा काम गरिरहेका छौँ, बितेको एक महिना यता प्रगती धेरै भएको छ’ इन्जिनियर अर्यालले भने।

भूकम्पमा सिङ्गै गाउँ भत्किएको लाप्राक पुरानो थातथलोमा बस्ने अवस्था भएन। २०७२ बैशाख १२ को साँझदेखि नै धार्चे गाउँपालिका लाप्राकका स्थानीय गुप्सीपाखामा सरे। भूकम्पमा भत्किएको घरबाट जस्ता र काठपात झिकेर गुप्सिपाखाको टहरामा बस्न पुगेका लाप्राकी त्यहाँ एनआरएनले एकिकृत बस्ती बनाईदिने भएपछि अहिले भूकम्पले चिरिएको पुरानै लाप्राकमा अस्थायी टहरामा गुजारा चलाउँदै आएका छन्। करिब १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआएरएन, पुन निर्माण प्राधिकरण र स्थानीय बिच त्रिपक्षीय सम्झौता भएको थियो। लाप्राक गोरखाको हिमाली बस्ती हो। गुप्सिपाखामा हिउँपर्ने र अत्याधिक चिसो हुने गर्छ । गएको फागुन तेस्रो साता एनआरएनका अध्यक्ष भबन भट्ट आफैँ लाप्राक पुगेर गोलाप्रथा गरी स्थानीयलाई घरको जिम्मा लगाएका थिए। त्यसता पनि पुन:निर्माणको गती भने सुस्त नै छ। आफ्नो घर कुन पर्छ भन्ने यकिन नहुँदा स्थानीयले श्रमदान गर्न आनकानी गरेको, काठ सहयोग नगरेको गुनासोपछि गोलाप्रर्था गरेर घर कहाँ पर्छ भन्ने यकिन गरिएको थियो।

अहिले लाप्राकमा एक सय जना नेपाली सेना र एक सय ५ जना अन्य कामदारले पुननिर्माणमा सघाईरहेका छन्। एक सय ५ मध्ये करिब ३० प्रतिशत स्थानीय र अन्य बिभिन्न ठाउँका स्वयमसेवक छन्। उक्त बस्तीमा घर बनेपनि एउटा पनि शौचालय निर्माण भएको छैन। ‘चर्पी कसले बनाउने भन्ने टुङ्गिएको छैन’ धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भने ‘एनआरएनले बनाउँछु भनेर मौखिक बताएका छन् तर लिखित रुपमा थाहा छैन, निर्माण गर्छन गर्दैनन भन्ने प्रष्ट जानकारी आएको छैन, निर्माण पनि सुरु भएको छैन।’ छिनछिनमा मौसम बदली हुँदा काम प्रभावित भएको इन्जिनियर लक्ष्मण अर्याल बताउँछन्। लाप्राकको छिमेकी गाउँ, भूकम्पको केन्द्रबिन्दु बारपाकमा झण्डै ६० प्रतिशत घर निर्माण सकेर भूकम्प पीडित पक्की घरमा बसिसके भने लाप्राकी भूकम्पको तेस्रो वार्षिकि पनि टहरामै मनाउँदैछन्।

नागरिकबाट

कहिले पाउंछन् लाप्राकबासीले घरको साँचो ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK