एनआरएनएद्वारा स्कुल बस किन्न १३ लाख रुपैयाँ सहयोग

ENGLISH

NRN GLOBAL

एनआरएनएद्वारा स्कुल बस किन्न १३ लाख रुपैयाँ सहयोग

बसन्त रानाभाट,बार्सिलोना

24 January, 2017 | Sandeep Bhattarai | 1330 Views | comments

सहयोग

बौद्धिक अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले घोषणा गरेको प्रतिवद्धता रकम सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण भएको छ।

गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. शेष घलेले १३ लाख रुपैयाँ प्रतिबद्दता रकम हस्तान्तरण गरेका हुन्।अपांगता भएका बालबालिकाहरुका लागि स्कुल बस किन्नका लागि गत जुलाईमा एनआरएनको नवौ युरोपेली क्षेत्रीय बैठकमा अभियन्ताहरुले सहयोग घोषणा गरेका थिए। संघका अध्यक्ष डा. घलेले हेटौंडाली परिबारकी संस्थापक आईना बार्कालाई रकम हस्तान्तरण गरेका हुन्।

अध्यक्ष घलेले प्रतिबद्धता गरिएको रकम हस्तान्तरण गर्दै बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गरेका छन्। स्पेनिस युवती बार्काले २५ बर्षको उमेरमा नै बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई स्कुल खोलेर नेपाल र नेपालीका लागि ठूलो गुन लगाएको भन्दै अध्यक्ष घलेले प्रशंसा गरे। बालबालिकाहरुको लागि एनआरएनले यसरी एकमुष्ठ रुपमा सहयोग गर्न पाउँदा अध्यक्ष घलेले खुशी ब्यक्त गरे।

स्कुल बस किन्नको लागि अध्यक्ष घलेले ६ लाख रुपैयाँ,संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबाट ३ लाख, उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्तले एक-एक लाख रुपैयाँ सहयोग गरेका थिए। यस्तै युरोप क्षेत्रीय संयोजक कुल आचार्यले १ लाख रुपैयाँ र राष्ट्रिय समन्वय परिषद् इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरे।

स्पेनिस युवती बार्काले डेनमार्कको कोपेनहेगनमा सम्पन्न युरोपेली बैठकमा आँफूले संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि १३ लाख रुपैयाँ अपुग रहेको भन्दै सहयोगको अपिल गरेकी थिईन्। उनको अपिलसँगै छिनमा नै सहयोगको प्रतिवद्धता जुटेको थियो। स्कुलमा बालवालिकाहरुलाई ल्याउन र लैजान कठिन देखिए पछि बस किन्नको लागि सहयोग गर्न आईनाले अनुरोध गरेकी थिइन्।

रकम प्राप्त गरे पछि गैर आबासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै आईनाले भनिन् ,”अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुको यो ठुलो सहयोग रकम हो, यसले झन् काम गर्ने हौसला मिलेको छ।” आईना सन् २०१२ को जुलाईमा पहिलो पटक नेपाल घुम्न निस्केकी थिईन्।

त्यो समयमा उनि बार्सिलोना युनिभर्सिटिमा सामाजिक कार्यकर्ताको रुपमा काम गर्थिन्। तर नेपाल पुगे पछि सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई आँफैले स्कुल खोलेर पढाउने संकल्प बोकिन्।

स्पेनमा फ्यामिलिया दे हेटौडा र नेपालमा हेटौडाली परिबार नामक गैर सरकारी संस्थाको रुपमा दर्ता गर्दै उनले जनवरी २०१४ देखि आशा स्कुल संचालनमा ल्याएकी हुन्। हेटौडा नगरपालिका- ६ गौरीघाट मकवानपुरमा रहेको स्कुलमा हालमा २७ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्।

भूकम्प पीडितको लागि सहयोग जुटाउन एनआरएनए उपाध्यक्ष पन्त क्यानाडामा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK