एनआरएनएद्वारा सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण(भिडियो सहित)

ENGLISH

SPECIAL

एनआरएनएद्वारा सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण(भिडियो सहित)

25 October, 2018 | Sandeep Bhattarai | 2720 Views | comments

सिन्धुलीगढी पुनर्निर्माण

विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरु योजना बुधबारका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले एक समारोहबीच कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गर्नु भएको छ ।

गुरु योजनामा सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो ।गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुलीगढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतीले गर्नु भएको छ ।

कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा गैरआवासीय नेपाल संघ प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । यसरी नै सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गर्नु भयो ।

संघका अध्यक्ष भवन भट्टले गुरुयोजना तयार गर्न सहयोग गर्न पाएकोमा कमलामाई नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दै सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताउनु भयो । उहाँले गुरुयोजना तयार पार्ने कार्य गर्न आर्किटाइप र कार्डकन्स्ल्ट्याण्ट र यस कामको नेतृत्व गर्ने संघका सचिव डिबि क्षेत्रीलाई धन्यवाद प्रकट गर्नु भयो ।

यसरी नै संघका सचिव डिबि क्षेत्रीले यस गुरुयोजना तयार गर्न आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो । साथै कमलामाई नगरपालिका, सिन्धुली जिल्लाका जनप्रतिनिधिहरु, विभन्न राजनैतिक दलहरु, स्थानिय बासिन्दा, गुरुयोजना तयार पार्ने आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्ट, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपालीहरु, र संचारकर्मीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा कमलामाई नगरपालिकाका मेयरका साथै सिन्धुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु सहभागिता रहेको थियो ।

भिडियो –

सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK