एनआरएनएद्वारा बाढीपहिरो पीडित सहयोगार्थ रकम संकलन अभियान सुरु

ENGLISH

NRN GLOBAL

एनआरएनएद्वारा बाढीपहिरो पीडित सहयोगार्थ रकम संकलन अभियान सुरु

बार्सिलोना

13 August, 2017 | Sandeep Bhattarai | 2655 Views | comments

गैर आबासीय नेपाली संघ (एनआरएनए) ले बाढी र पहिरो पीडितहरुको सहयोगार्थ रकम संकलन अभियान सुरु गरेको छ। निरन्तरको अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठुलो जनधनको क्षति पुगे पछि संघले सहयोग अभियान सुरु गरेको हो।

झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दियासहितका जिल्ला बाढीले जलमग्न भएको भन्दै संघको परोकार तथा मानवीय सहायता समितिको पहलमा अभियान सुरु भएको हो। संघका केन्द्रिय उपाध्यक्ष तथा परोकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले १ लाख रुपैयाँ सहयोग घोषणा गर्दै आफैँबाट अभियान सुरु गरेका छन्। यस्तै संघका पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख संरक्षक जीवा लामिछाने र उपाध्यक्ष भवन भट्टले पनि १-१ लाख रुपैयाँ सहयोग प्रतिबद्दता जनाएका छन्।

मानवीय सहायता समितिका संयोजक पन्तले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै संघको बैंक खातामा सिधै रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन्। बैंक अफ काठमाडौ कमलादी काठमाडौमा रहेको संघको खाता नम्बर ‎०६२५०००००१४४ मा स्विफ्ट कोर्ड BOKLNPKA लेखि एनआरएनए च्यारिटी फण्ड उल्लेख गर्दै रकम जम्मा गर्न सकिने संघले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK