एनआरएनएद्वारा जापानमा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त

ENGLISH

एनआरएनएद्वारा जापानमा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त

13 July, 2018 | Sandeep Bhattarai | 1375 Views | comments

जापानमा भारी वर्षा र बाढीका कारण भएको जनधनको क्षतिप्रति गैर आवासीय नेपाली संघ (एनआरएनए)ले दुख व्यक्त गरेको छ ।

गैर आवसीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै जापान र नेपालको सुमधुर सम्बन्ध सदियौंदेखि रही आएको र बहुसंख्यक नेपालीहरु समेत जापानमा बसोबास गर्दै आएकाले पनि जापानले प्राकृतिक विपत्तिका कारण भोग्नुपरेको क्षतिप्रति संघ अत्यन्त मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै यो प्राकृतिक विपत्ति सुरु भएदेखि नै संघ निरन्तर रुपमा राष्ट्रिय समन्वय परिषद् जापानसंग सम्पर्कमा रहेको र जापानमा रहेका नेपालीहरुलाई हालसम्म ठूलो क्षति नभएको सूचना प्राप्त भएको विज्ञप्तिमा जनाईएको छ ।

साथै संघले राष्ट्रिय समन्वय परिषद् जापानलाई सम्बन्धित स्थानीय सरकार र त्यहाँ रहेका नेपालीहरुसंग सम्पर्कमा रहन र आवश्यक परे सहयोग गर्न समेत अनुरोध गरेको छ ।

विज्ञप्तिमा जापानले व्यहोर्नुपरेको जनधनको क्षति एवं प्राकृतिक प्रकोपको यस संवेदनशील घडीमा संघ भावनात्मक साथ र समर्थन व्यक्त गर्दै मृतकप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

विज्ञप्ति –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK