एनआरएनएको विश्व सम्मेलन सुरु (लाइभ भिडियो)

ENGLISH

SPECIAL

एनआरएनएको विश्व सम्मेलन सुरु (लाइभ भिडियो)

नयाँ नेतृत्व नै सर्वाधिक चासोको विषय

14 October, 2017 | Sandeep Bhattarai | 2345 Views | comments

गैरआवासीय नेपालीसंघ (एनआरएनए)को आठौं विश्वसम्मेलन आज (अक्टोबर १४)मा सुरु हुँदैछ । नयाँ नेतृत्व चयन हुने यो सम्मेलन १७ अक्टोबरसम्म चल्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्मेलनको उद्घाटन हुँदैछ ।

विश्व सम्मेलनले आगामी दुईवर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले विश्वभरका सयौं एनआरएन नेता र प्रतिनिधीहरु काठमाडौं आइसकेका छन् । नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी घोषणा गर्नेहरुको रस्साकस्सी र दौडधुप पनि निकै नै तीब्र छ ।

राजनीतिक दलका नेताहरु भेटेर आफ्ना लागि माहौल तयार गर्नेदेखि डेलिगेट्सहरुलाई दारुपानी खुवाएर आफ्नो प्रभावमा पार्ने प्रयास समेत भइरहेका छन् ।

अहिलेसम्म अध्यक्षका रुपमा तीनजनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि जापानका सफल व्यवसायी भवन भट्टले सुरुमै कुमार पन्तसंग सहमति गरेर उम्मेदवारी घोषणाा गर्नुभएको थियो ।

गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ ।ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ ।

यस्तै भट्टले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरेका छन् ।

‘कारोबार’ दैनिक, युनाइटेड बु्रअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ ।

त्यसै गरी अध्यक्षका अर्का दावेदार टीबी कार्की सन् २०१३ देखि २०१५ सम्मको कार्यकालमा एनआरएन आईसीसीका उपाध्यक्ष थिए । कार्की विगत १२ वर्षदेखि एनआरएनएमा सक्रिय छन् ।

सन् २००७ मा कतारबाट आईसीसी सदस्य बनेका कार्की । त्यसपछि पाँचौं विश्व सम्मेलनबाट एनआरएन आईसीसीको सचिव बन्नुभएको थियो ।

एनआरएन आईसीसीका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले दुई दिन अघि मात्र उम्मेदवारी घोषणा गर्नुभएको हो । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी जमुनालाई त्यहाँको पत्रिकाले अष्ट्रेलियाका धनी महिलाहरुको सुचीमा ११ औं नम्बरमा राखेको थियो ।

अष्ट्रेलियामा धनी महिलाको सुचीमा पर्ने दक्षिण एसियाबाटै पहिलो महिला जमुना सन् १९९० मा विद्यार्थी भिसामा अष्ट्रेलिया जानुभएको थियो । जमुना मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ ।

काठमाडौंको बौद्धस्थित होटल हायातमा उद्घाटन सत्र सकिएपछि १५ अक्टोबरमा एनआरएनए आईसीसीको साधारणसभा र बन्दशत्रको आयोजना गरिनेछ । १६ अक्टोबरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ भने १७ अक्टोबरमा समापन कार्यक्रम गरिनेछ ।

निर्वाचन कार्यक्रम अनुसार १४ अक्टोबरमा प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्ने र १५ अक्टोबरको विहानसम्म मतदाताको अन्तिम सुची प्रकाशन गर्ने कार्यक्रम छ । अक्टोबर १५ मा नै उम्मेदवारी दर्ताको प्रकृया सुरु हुनेछ भने अक्टोबर १६ को दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम सुची प्रकाशित हुनेछ । १६ अक्टोबरमा दिउँसो १ बजेदेखि निर्वाचन प्रारम्भ हुनेछ भने निर्वाचन सम्पन्न भएको १ घण्टामा मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिनेछ ।

भिडियो –

पार्टीको होइन, एनआरएनएको झण्डा बोक्छुः त्रिलोक गुरुङ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK