एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

ENGLISH

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

13 December, 2017 | Sandeep Bhattarai | 2465 Views | comments

एनआरएनएगैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ ।

संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अन्य संरक्षकहरुमा पूर्वअध्यक्षहरु शेष घले, जीवा लामिछाने, देवमान हिराचन र पूर्वउपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ । बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै नयाँ मानार्थ परिषद् समिति समेत गठन गरेको छ ।

संघको सल्लाहकारमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी र डा. महाविर पुनलाई चयन गरेको छ । डा. पाठक हालैमात्र बाग्लुङबाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

यसैगरी मानार्थ परिषद समितिमा जमुना गुरुङ, इन्द्रा वन, दीपक खड्का, मन केसी, चन्द्र योन्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ‌ओसिनियाबाट छानिएका छन भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाइँ, मोहन शर्मा, राजु सएद, बिल गुरुङ र महेन्द्र चौलागाइँ चुनिएका छन ।

यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, रिशी ढकाल र डा. विष्णुमाया परियार छानिएका छन् भने युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्वआदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी छानिएका छन् । ढकाल नेपाल ब्रिटेन डट कमका अध्यक्ष र पण्डित सल्लाहकार हुन् ।

यसैगरि एसिया प्यासिफिकबाट रन्जना उदास, प्रितम श्रेष्ठ, भारति लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र बिदुर खनाललाई मनोनित गरिएको छ ।

संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषदको २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठलाई, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भूर्तेल भूसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुङ्गा शेर्पा, अभिमन्यू बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।

एनआरएनए अध्यक्ष भवन भट्टद्वारा उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

ज्योति

ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

सपनाको शहर काठमाडौँ जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK