एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा

ENGLISH

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा

8 July, 2016 | Sandeep Bhattarai | 2310 Views | comments

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ ।

america

नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापकोटा तथा सदस्यहरूमा नवराज गुरुङ, रतनकुमार झा, खगेन्द्र जिसी, कृष्ण पोखरेल र तिलक श्रेष्ठ रहेको नौ सदस्यीय आयोजक समिति र अन्य २० कमिटीसमेत बनाइएको छ ।

अगस्त २७ र २८ मा हुने उक्त सम्मेलन ‘एनआरएनए भिजन ट्वेन्टी एण्ड वियोण्ड’ भन्ने नाराका साथ हुन गइरहेको सहसंयोजक तथा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले राससलाई बताउनुभयो ।

सन् २०१० मा टेक्सास राज्यको हिउज्टनमा क्षेत्रीय सम्मेलन गरेको संस्थाले अमेरिकी एनआरएन सशक्त भएर आएको हुँदा यसलाई महत्व दिनका लागि पुनः अमेरिकामा नै गर्न अवसर दिएको अध्यक्ष डा पौडेलले बताउनुभयो ।

संस्था स्थापना भएदेखि हालसम्म आउँदा नेपाल र प्रवासमा रहेका नेपालीको अवस्थामा समेत परिवर्तन आएको हुँदा नयाँ ढङ्गबाट एनआरएनएलाई लैजाने तयारी भइरहेको छ ।

विश्वभरका ७३ एनआरएनबाट प्रतिनिधित्व रहने सम्मेलनमा पाँच सयभन्दा बढी प्रतिनिधि आउने आयोजकले जानकारी दिएका छन् ।

यो पनि हेर्नुस – एनआरएनएद्वारा काबुल घटनाको निन्दा, नेपालीलाई घर फर्काउन माग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK