एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक पुस १४ र १५ गते कम्पालामा हुने

ENGLISH

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक पुस १४ र १५ गते कम्पालामा हुने

विकासका अनुभव आदानप्रदान हुने

19 November, 2018 | Sandeep Bhattarai | 1465 Views | comments

 पुस १४ र १५ गते

नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ ।

‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा मानव तस्करी र अफ्रिकी पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभवबारे कार्यपत्र प्रस्तुत र छलफल गरिने एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिनुभयो ।

सो क्रममा नेपाली श्रमिकले अफ्रिकाका विभिन्न देशमा भोग्नु परिरहेका समस्याका बारेमा समेत छलफल हुनेछ । आगामी पुस १४ र १५ गते हुने उक्त बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिको सहभागिता रहने सङ्घले जनाएको छ ।

बैठकका क्रममा अफ्रिकी र नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्य गोष्ठीसमेत आयोजना गरिने एनआरएनए राष्ट्रिय समन्वय परिषद् युगान्डाले जनाएको छ ।

युगान्डाको कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका बैठक हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK