उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति भएपछि भवन भट्ट निर्विरोध अध्यक्ष हुने सम्भावना बढे भनेर बाहिर आएपनि २ चरणमा छलफल मात्रै भएको कुनै सहमति नभएको भन्दै अध्यक्षमा आफ्नो उम्मेदावारी यर्थावत रहेको बताएका छन् ।
विभिन्न देशबाट अध्यक्ष पदका लागी आदा दर्जन आकांक्षी देखिएका छन् ।शेष घलेको दुवै कार्यकालमा सल्लाहकार रहेका विश्व आदर्श पण्डितले आगामी कार्यकालको अध्यक्षको उम्मेदवारी दिने भएका हुन् । कुमार पन्तले भवन भट्टलाई समर्थन गर्ने र भवन भट्ट मात्र अध्यक्षको उम्मेदवार हुँदा भट्टलाई निर्विरोध नदिने मनसायमा विश्व आदर्श पण्डितको सोचाई रहेको देखिन्छ ।
युरोप संयोजक कुल आचार्य कुमार पन्तको टिमबाट उपाध्यक्षमा उम्मेदवार उठने मनसायमा थिए तर कुमार पन्त र भवनको गोप्य भित्रि भद्र सहमति भएपछि भएको भन्दै जीवा लामिछाने अध्यक्षमा उम्मेवारी दिने भएका छन् । कुमार पन्तको टीमबाट अलगिएर अध्यक्षको उम्मेदवार चाडै नै घोषणा गर्ने जीबा लामिछानले बताएका छन् ।
मोना म्याग्दी समाजका अन्तराष्ट्रिय अध्यक्ष तथा आईसीसी सदस्य योगेन क्षेत्रीले जनसम्पर्क समितिको सिफारिसमा आफु एनआरएनएको उम्मेदवार बन्ने बताएका छन्।भट्टलाई निर्विरोध अध्यक्ष बन्न नदिने पक्षमा कतारका टिबी कार्कीले समेत अध्यक्षमा आफ्नो उम्मेदारी दिने घोषणा गरेका छन् । विश्व सम्मेलन नजिकि गर्दा भटाभट अध्यक्षसहित अन्य पदमा उम्मेदावारी दिने घोषणा गरेसंगै सर्वसहमति हुने सभ्भवना न्युन देखिएको छ ।
अध्यक्ष शेष घलेको श्रीमतीलाई अध्यक्षमा अगाडी बढाउने तयारी गरेसंगै थप विवादमा आउँन सक्ने केहिले दावी गरेका छन् ।
साभार जनता टाइम्स
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...