एनअारएनए जापानको निर्वाचन सम्पन्न : यी हुन् बिजेता (मत परिणामसहित)

ENGLISH

एनअारएनए जापानको निर्वाचन सम्पन्न : यी हुन् बिजेता (मत परिणामसहित)

3 September, 2017 | Sandeep Bhattarai | 2305 Views | comments

एनअारएनए जापानको  निर्वाचन सम्पन्न

गैर-आवासीय नेपाली संघ एनअारएनए जापानको  निर्वाचन सम्पन्न भएको छ अनलाइन भोटिंग मार्फत गरिएको निर्वाचनमा ७२.६५ % भोट अर्थात ७५०३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान १०:२० बजेबाट सुरु भएको निर्वाचन प्रक्रिया साँझ ६:२० बजेबाट सकिएको हो ।

निर्वाचनमा उपाध्यक्षमा शिब प्रसाद पौडेल ४२७६ मत र सरोज कुमार खत्रीले ३९५८ मत पाएर विजयी भएका छन। भने छत्रबहादुर दाहालले १६०० मत, द्राेण प्रसाद सिलवालले ९९२ मत र जीवन न्याैपानेले ९५५ मत पाएका छन। यस्तै सचिवमा जनक कुमार शाहीले ३७७४ मत पाएर विजयी भए भनेवासुदेव लामिछानेले ३१९१ मत पाए।

महिला सदस्यमा सिर्जना पाण्डेले ३३४० मत  विजयी भर्इन भने महिला सदस्य तर्फ गीता अाचार्यले २८५५ तथा कमला गैरेले ७८६ मत पाएकी छन। त्यस्तै सदस्यमा हस्त लामा ३००१ मत, बालकृष्ण कँडेल हिमाल २५८७ मत, लालबहादुर रावल आशिष २५६२ मत, नारायण खडका २४४४ मत र राजन पौडेल २४१२ मत ल्याएर विजयी भएका छन् । भने अन्य पदाधिकारीहरु उत्तमकुमार श्रेष्ठले २२४४ मत, अस्मीता लामा वार्इवाले १६७४ मत, नरेन्द्रराज सापकाेटाले १४३८ मत पाए। यसैगरि कुमार कार्कीले ११२२ मत, राजु पनेरुले १११३ मत, डिलाराम गैरे ९५४, चेतराम गैरे चेतन ९२२, सुरेश रेग्मीले ७२५, टिकाराम कँडेलले ७०१, साेमनाथ लम्सालले ५८२ मत पाएका छन। यस्तै  जगतबहादुर खडकाले ५५६ मत, दयाराम खरेलले ५१०, दिनेश लोहनी ४७८,  विक्रम खत्री ४३३,  श्याम गोपाल कँडेल ४१२ मत र डिल्लीराम सिवाकोटीले ४०१ मत पाएका छन।


जापानका १३ वटै क्षेत्रमा शान्ति पूर्ण रुपमा निर्वाचन सम्पन्न भएको, साथै उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक ओम गुरुङका अनुसार सतप्रतिशत मत खस्ने अनुमान गरेको भएपनि ७२.६५%  खस्यो, यसलाई पनि हामीले सकारात्मक र उत्साहजनक मानेका छौ।

त्यस्तै गैर-आवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार हामीले जुन रुपमा मेहनत गरेका थियौं, सोहि अनुरुपले  उत्साह पूर्वकरुपमा मतदान गरेको बताए । हामीले रिक्स मोलेर भए पनि नयाँ प्रणाली अनलाइन भोटिंग अपनायौ, जुन सफल भएको छ।

सबैले घरमै बसेर मोबाइल बाट र कम्युटर मार्फत भोट हालेका कारण यो मात्रामा मत खसेको उनको बुझाई छ। समस्याहरु थिए, पासवर्डहरु बिर्सने, भोट हाल्न नसक्ने पनि थिए तर सकेसम्म हामीले वुथहरु राखेर पनि धेरै भन्दा धेरै मत खस्ने वातावरण मिलायौं, थापाले नेपाल जापान डटकमसंग भने।

साथै निर्वाचन प्रकिया सफल वनाउन सहयोग गर्ने सवैमा अध्यक्ष थापाले धन्यवाद तथा आभार प्रकट गरेका छन।

आईतबार उपाध्यक्ष दुई पद, सचिव एक, महिला सदस्य एक पद र खुल्ला सदस्य तर्फ पाँच पदका लागि अनलाईन मार्फत भोटिंग गरिएको थियो। आजको मतदानको नतिजा भने सेप्टेम्वर चार तारिक सार्वजानिक गरिने छ।

यता एनआरएनए जापानको अध्यक्ष, बरिष्ट उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका केहि पदहरुमा भने सर्ब-सहमतिमा चयन भैसकेको छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK