एनअारएनए काेरियाकाे उपाध्यक्षमा बिपिन गुरूङको उम्मेदवारी घोषणा

ENGLISH

एनअारएनए काेरियाकाे उपाध्यक्षमा बिपिन गुरूङको उम्मेदवारी घोषणा

20 July, 2017 | Bipin Acharya | 650 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका उपाध्यक्ष तथा रेष्टुरेन्ट व्यवसायी विपिन गुरूङले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विगत १७ बर्षदेखि कोरियामा रहेर ब्यापार ब्यबशाय गरेका गुरुङले १५ बर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशील रहेको बताएका छन् । पूर्व भलिवल खेलाडी समेत रहेका गुरुङ बागलुङ सम्पर्क समितिको संरक्षक ,नेपाल ब्याटमिन्टन संघ कोरियाको अध्यक्ष समेत हुन् ।

आफुले सामाजिक क्षेत्रमा कार्य गरेको भन्दै उनले बरिष्ठ उपाध्यक्षमा सहयोग गर्न सबै कोरियाबासी नेपालीहरूलाई अपिल गरेका छन् । कोरियाको सोलमा मात्र ३ वटा दर्शन नमस्ते नामक चेन रेस्टुरेन्ट खोलेर ब्यबशाय गरेका गुरुङ यस अघि पनि कार्यसमितीमा उपाध्यक्षको भुमिका निर्बाह गरिसकेका छन् ।

उनका ७ बुँदे योजना 

१. एनआरएनए कोरियालाई कोरियामा बैधानिक रूपमा दर्ता गर्नको लागी सबैको सहयोग जुटाउन पहल गर्ने ।
२. ६० लाख देखि ८० लाख रूपैँया सम्मको एक आपतकालिन अक्षयकोषको निर्माण गर्ने र त्यसको ब्याजबाट आपतमा परेका नेपालीहरूलाई सहयोग गर्ने ।
३. अक्षयकोष निर्माणका लागी व्यवस्थित र पारदर्शी बनाउन बिभिन्न क्षेत्रका व्यक्तिहरू सम्मेलित चुस्त र दुरूस्त टिम निर्माण गर्ने ।
४. नेपाल र कोरियाका सामाग्री आयात(निर्यात गर्ने उदेश्यले ‘नेपाल मेला’को आयोजना गर्ने । र सो मेलामा कोरियाका व्यवसायी र संसारभर रहेका एन आर एनका अध्यक्ष तथा प्रतिनिधीलाई निम्ता गर्ने ।
५. कोरियामा रहेका नेपालीहरूको लगानीमा नेपालमा ‘कोरिया मार्ट’ सन्चालन गर्ने ।
६. सबै संघ संस्था संग हातेमालो गर्दै नेपालीहरूको हितमा अधिकतम कार्य गर्ने ।
७. अग्रजहरूको कार्य र उनिहरूको भूमिकालाई कदर गर्दै अगाडी बढ्ने र नेपाल हाउसलाई दिर्घकाल सम्म सन्चालनका लागी पहल गर्ने ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK