एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न

19 March, 2016 | Bipin Acharya | 480 Views | comments

नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाको महिला तथा बालबालिका समितिको आयोजनामा गत मार्च १३ तारिख एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

at

कार्यक्रममा नेपाल तथा अमेरिकाका राष्ट्रिय गान बाट सुरु गरिएको थियो । उक्त कार्यक्रमको सुरुवात नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाका पुर्व अध्यक्ष राजा घलेले गर्नु भएको थियो ।

नासाको ईतिहासमा पहिलो पटक महिला दिवस मनाएकोमा पूर्व अध्यक्ष घलेले हर्ष व्यक्त गर्दै कार्यक्रम संचालक मिसेस अन्तर राष्ट्रिय इंडिया शबिता जैन लाई परिचय गराउनु भएको थियो ।

नासा महिला तथा बालबालिका समितिका सभापति विद्या गुरुङले सबैलाई स्वागत गर्नुको साथै प्रमुख वक्ता चार्लोट हल नाश तथा अरु विशिस्ट व्यक्तिहरुको परिचय दिनु भएको थियो । नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्यले नासाका अध्यक्ष बिमल नेपाल को स्वागत संदेश पढ्नु हुदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता चार्लोट हाल नाशले महिला भूमिका बारेमा बोल्न्नु भएको थियो भने डा अमृता रेग्मीले सकारात्मक कार्य तथा महिलाका उन्नतिका बारेमा बोल्नु भयो । यसै गरि प्रख्यात पाकिस्तानी लेखिका ,कवियत्री तथा सामाजिक कार्यकर्ता सदफ फारुकीले महिला का सशक्तिकरण बारेमा बोल्नु भएको थियो भने नेपाली लेखिका तथा कवियत्री गोता सापकोटाले कविता वाचन गर्नु भएको थियो ।
यसै गरि भारत कला नाट्यको तर्फ बाट नृत्यहरु प्रस्तुति गरिएको थियो जसको निर्देशक सुबथ्रा सुदर्शनले गर्नु भएको थियो | नेपालीले प्रख्यात गीतहरुमा गाईएको थियो भने कार्यक्रममा भारत ,पाकिस्तान ,बंगलादेश ,इन्डोनेसिया आदि बाट विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली घरेलु उद्योगका पोशाक तथा हस्तकलाका समानहरु पनि राखिएको थियो भने कार्यक्रममा बिशेष व्यक्तित्व ,कलाकार तथा स्वयम् सेवकलाई प्रशंसाको प्रमाण पत्रको साथै पदक पनि प्रदान गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK