एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

ENGLISH

NRN GLOBAL

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

विजय थापा, अमेरिका ।

25 December, 2018 | Kabiraj Adhikari | 1745 Views | comments

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार विहीनलाई एक बिशेष कार्यक्रममा न्यानो कम्बल बितरण गरेको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

असहाय, घरबार विहीन र मागेर समेत जीविकोपार्जन गर्दै आएका गरिव समुदायलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको संस्था एचडीएनपी इन्टरनेसनलले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको छ ।

अमेरिकामा निकै जाडो बढ्दै गरेको अवस्थालाई मध्य नजर गर्दै एचडीएनपी इन्टरनेसनलले डिसेम्बर तारिखमा पर्ने इशाई पर्वको ठिक एक दिन अगाडी (क्रिसमसको संघारमा) कम्बल वितरण गर्न सफल भएको छ ।

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले यो मानवीय कार्यमा सहयोग गर्नु हुने बिशेष प्रोजपेरिटि बैंकका ब्रेट ,बाल जोशी तथा बासु भण्डारी लगायत युवा कार्यकमका संयोजक श्रीयम जोशी लगायत स्वयम् सेवक तथा सबैमा धन्यबाद दिएका छन् ।

उक्त कम्बल बितरण गर्नेहरुमा श्रीयम जोशी स्वयम संयोजक रहेका थिए उनले १ सय १५ ,डा. बिष्णु उपाध्यायले ३०, किम्बर्ले फ्रीटज प्याट्रिकले ७५, पुण्य फाउन डेसनले ४०, नरेश राज पाण्डेले २०, ड्यालस फिलिपिनो लाइन्स क्लबले २०, श्री सत्य साइ केन्द्रले १०, संगीता स्थापितले १०, सबिना श्रेष्ठले ५, बिष्णु गुरुङले ५, जेरेमिहा ड्रीग्गरले ५ तथा एचडीएनपी टोलिले ५९ वटा कम्बल वितरण गरेको थियो ।

यसै गरि यो संस्थाको शाखा रहेको नेपालले पनि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरबार विहीन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबार विहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको लाई निरन्तरता दिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK