एचआईभी भएको लुकाउदै एक सय चार किशोरीको कुमारीत्व भंग गर्ने व्यक्ति पक्राउ

ENGLISH

WORLD

एचआईभी भएको लुकाउदै एक सय चार किशोरीको कुमारीत्व भंग गर्ने व्यक्ति पक्राउ

27 July, 2016 | arjun baral | 1115 Views | comments

hyina

किशोरीहरुको कुमारीत्व भंग गर्ने इरिक एन्भिया पक्राउ परेका छन् । हालसम्म उनीले १ सय ४ किशोरीको कुमारीत्व भंग गरिसकेको बताउने उनी मालवीको दक्षिणी क्षेत्रका ‘हायना’ हुन् ।

मालवीको दक्षिणी क्षेत्रमा एउटा अनौठो संस्कार छ , मालवीका विभिन्न समुदायले आफ्नी छोरीको यौन शुद्धिकरणका लागि उनलाई भाडामा लिन्थे र कुमारीत्व भंग गराउन लगाउछन् । जसका कारण किशोरी स्वास्थ्य सम्बन्धि जोखिममा पर्ने गरेका छन् । सो कुसंस्कारकै कारण धेरै युवती एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । परम्परागत यो प्रचलनको आलोचना हुँदै आए पनि यहाँका केही समुदायमा किशोरी अवस्थामा पुग्ने वित्तिकै पैसा तिराएर सेक्स गराउनुपर्छ ।

सोही परम्पराको फाईदा लिदै उनीले धेरै किशोरीको कुमारीत्व भंग गरि सकेका छन् । तर उनमा एचआईभी भएको र सो कुरा गोप्पे राख्ने गरेको पाइएको छ । केही समयअघि मात्रै बीबीसीले यो विषयमा लामो फिचर बनाएको थियो ।

hyena

यस समुदायमा बाआमाले भर्खर १२– १३ वर्ष पुगेकी छोरीसँग सहवास गराउन ज्याला तिरेर भाडाका पुरुष ल्याइदिन्छन् । यस संस्कारलाई हायना भनिन्छ । यस कार्यलाई यौन शुद्धिकरणको संज्ञा दिइएको छ ।

किशोरीहरु पहिलो पटक रजस्वला भएपछि उनीहरुले तीन दिनसम्म उनीसँग अनिवार्य सहवास गर्नुपर्ने हुन्छ । बाल्यकालबाट महिला अवस्थामा प्रवेश गर्नको लागि उनीहरुले हायनासँग यौन कार्य गर्नैपर्छ । यदि किशोरीहरुले अस्वीकार गरेमा रोगब्याधी वा अन्य दुर्भाग्य हुने विश्वास गरिएको छ । कुनै पुरुषको मृत्यु होस् या, कुनै महिलाको गर्भपतान होस्, यस्ता पुरुषलाई भाडामा ल्यएर सहवास गर्ने लगाइन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK