एक हप्ताभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग

ENGLISH

POLITICS

एक हप्ताभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग

17 January, 2017 | Krishna Adhikari | 1250 Views | comments

अनेरास्ववियुले एक हप्ताभित्रै स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्व विद्यालयसँग माग गरेको छ । सोमबार विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले तत्कालै स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

लामो समयदेखि स्ववियुको निर्वाचन हुन नसक्दा विश्वविद्यालय तथा क्याम्पसहरुमा अफ्ठयारो परेको अनेरास्ववियु अध्यक्ष नविना लामाले बताइन् । उनले विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक नगर्दा निर्वाचन प्रचार प्रसारमा समस्या भएको बताइन् । विद्यार्थीहरु तयार रहेकाले विश्वविद्यालयले ४८ घण्टाभित्रै कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनले बताइन् ।

ज्ञापनपत्र बुझ्दै शिक्षाध्यक्ष डा त्रिपाठीले विश्वविद्यालयले पदाधिकारी बैठक गरेर एक साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विद्यार्थी संगठन र विश्वविद्यालयले साझा दायित्व लिएर अघि बढे निर्वाचन गर्न बाधा नहुने बताइन् । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति घोषणा गरेको छ। स्ववियू निर्वाचमा उम्मेदवार बन्नका लागि २८ वर्ष उमेर हद तोकिएको छ । उमेर हद तोकिएकोप्रति विद्यार्थी संघका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK