एक सिलिन्डर ग्यासको रु पाँच हजार

ENGLISH

BUSINESS

एक सिलिन्डर ग्यासको रु पाँच हजार

27 September, 2015 | Sandeep Bhattarai | 525 Views | comments

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ ।

भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छैन । व्यापारीले एक साताअघिदेखि नै ग्यास लुकाएर कालोबजारी गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । मध्यपुरथिमि नगरपालिकाका रामेश्वरलाल श्रेष्ठले थिमिमा ग्यास बिक्रेताले एक सिलिन्डर ग्यासको २५ सय रुपैयाँ लिएको आरोप लगाउनुभयो ।

ग्यास लिएर आउँदै गरेका श्रेष्ठले सुरुमा छैन भने पनि “दुई हजार पाँच सय रुपैयाँ दिएमा मगाइदिन्छु” भन्दै अन्यत्रबाट मगाइदिएको बताउनुभयो । ग्यास बिक्रेताले ग्यास डिपोभित्र नराखेर अन्यत्रै गोदाम गरेर राखेको उपभोक्ताको आरोप छ । बालकोट, नयाँ बस्तीका रामशङ्कर पाण्डेले ग्यास नपाएपछि सिलिन्डरसहित ग्यास किन्नुपरेको बताउनुभयो । शनिबार साँझ ग्यास पसलबाट एक सिलिन्डर ग्यासको चार हजार पाँच सय रुपैयाँ तिरेर ल्याएको जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो—“दसैँ आउन लाग्यो, ग्यास सकिएला भनेर जति भन्यो त्यति नै तिरेर ल्याउनुपरेको छ, ग्यास माग्दा छैन भन्छन्, बढी पैसा दिन्छु भने बाहिरबाट मगाइदिन्छु, राति आउनू भन्छन्, खै सङ्कटको बेलामा कसले रोक्ने कालोबजारी ?”

कमलविनायकका एक ग्यास बिक्रेताले रु एक हजार चार सय पर्ने ग्यासलाई रु दुई हजार सात सयमा बिक्री गरेका छन् । शनिबार साँझ मोटरसाइकलमा ग्यास लाँदै गरेका कमलविनायक पाइपलाइनका सन्तोष न्यौपानेले अरू बेलामा एक हजार चार सय २० रुपैयाँमा ल्याउने गरेको ग्यास यस पटक त्यही पसलबाट रु दुई हजार सात सय तिर्नुपरेको बताउनुभयो ।

ग्यासमा खुला कालोबजारी भए पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा चासो नदिएको उपभोक्ताको गुनासो छ । जिप्रकाले भने लगातार बिदाको दिन परेकाले अनुगमन गर्न नसकेको स्विकारेको छ । सरकारले नै अनुगमन गर्न अधिकृतको टोली खटाएकाले सोही टोलीले अनुगमनमा चासो दिनुपर्ने जिप्रकाको भनाइ छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK