एक सातामा दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

एक सातामा दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

10 August, 2017 | Bipin Acharya | 2205 Views | comments

गएको एक सातामा दक्षिण कोरियामा तीन नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि कोरिया पुगेका तीनम युवामध्ये एकजना दुर्घटनामा मृत्यु भएको हो भने अन्य दुईले आत्महत्या गरेका हुन् ।

कन्चनपुर घर भएका दिपक सिंहले मंगलबार आत्महत्या गरेका थिए । होइसंगस्थित बंगुर फर्ममा कार्यरत सिंहले कम्पनी नजिकको जंगलमा आत्महत्या गरेको बताइएको छ । डेढ बर्ष देखि कोरियामा रहेका सिंहले कम्पनी परिवर्तन गर्न चाहेका थिए । तर कम्पनीले स्वीकृति नदिएकाले उनी चिन्तित हुँदै आएका थिए । २५ बर्षिय सिंहका भाइ र भिनाजु पनि कोरियामै छन् ।

सिंहको आत्महत्याको एकदिन अघि पर्बतका केशब श्रेष्ठले पनि आत्महत्या गरेका थिए । २८ बर्षिय श्रेष्ठले छुन्जुस्थित आफ्नै कम्पनीको छतमा झुन्डिएर आत्महत्या गरेका थिए । १५ महिनाअघि दक्षिण कोरिया पुगेका श्रेष्ठले सुसाइड नोटमा कम्पनीले बिदा नदिएको र शारिरीक रुपमा कमजोर रहेको उल्लेख गरेका थिए ।

त्यस्तै श्रेष्ठले आत्महत्या गरेको तीनदिन अघि गुल्मी वाग्लाका बिष्णुप्रसाद घिमिरेको कामका क्रममा मृत्यु भएको थियो । जिन्जुमा कार्यरत घिमिरेको शव शुक्रबार नेपाल ल्याउने बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK