एक वर्षमा ६५ जना बाकसमा फर्किए , ६७ जना महिलाको उद्धार

ENGLISH

NRN GLOBAL

एक वर्षमा ६५ जना बाकसमा फर्किए , ६७ जना महिलाको उद्धार

7 May, 2017 | Sandeep Bhattarai | 1165 Views | comments

बाकसमा फर्किए

वैदेशिक रोजगारीका लागि यूएई गएका युवामा एक वर्षको अवधिमा ६५ जना युवाको निधन भएको छ । २०७३ सालमा मात्र ६५ जनाको शव नेपाल पठाइएको नेपाली दूतावास यूएईले जानकारी दिएको छ ।

दूतावासका अनुसार यूएईमा काम गर्नेमध्ये मुटुको समस्या, आत्महत्या, सडक दुर्घटना, कार्यस्थलको दुर्घटनालगायतका कारणले मृत्यु हुने गरेको छ ।

पछिल्ला दिनमा हर्टअट्याक (हृदयघात) र आत्महत्याका कारण मर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको दूतावासले जानकारी दिएको छ । यूएईमा २ लाख ४ हजार १ सय ६ जना नेपाली कामदार कार्यरत रहेको आधिकारिक तथ्यांक छ ।

६७ जना महिलाको उद्धार

रोजागारीका क्रममा विभिन्न कारणले समस्यामा परेका ६७ जना महिलालाई नेपाली दूतावास यूएईले नेपाल फिर्ता पठाएको छ । एक वर्षको अवधिमा कम्पनी बन्द हुने, रोजगारदाताले पारिश्रमिक नदिने, दुव्र्यवहार गर्नेलगायतका कारण अलपत्रमा परेका महिलालाई उद्धार गरी नेपाल पठाइएको नेपाली दूतावास यूएईका सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए । अहिले पनि दूतावासको सेफ हाउसमा नौजना महिला रहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले संस्थागत रूपमा घरेलु कामदारका रूपमा यूएईमा आउन पाउने व्यवस्था गरेपछि गएको आर्थिक वर्षमा मात्र १ सय ६० जना महिला घरेलु कामदारका रूपमा यूएई आएको दूतावासले जनाएको छ । यसअघि परिवारका सदस्यका रूपमा, भिजिट भिसामार्फत आएर घरेलु कामदारका रूपमा काम गर्दै आएका थिए ।

राजधानीबाट

बर्सेनि आउँछन् हजार ‘बाकस’: कति नेपालीको मृत्यु हुन्छ, परराष्ट्रसँग जानकारी छैन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK