एक वर्षपछि सार्वजनिक कार्यक्रममा यस्तो देखिए नरहरि आचार्य

ENGLISH

POLITICS

एक वर्षपछि सार्वजनिक कार्यक्रममा यस्तो देखिए नरहरि आचार्य

29 January, 2017 | Bhawana Pathak | 915 Views | comments

नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

Narhari

गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन ।

सहिद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगीका साथमा सहभागी हुनुभएको हो । सो अवसरमा उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गर्नुभयो ।

नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुनुहुन्छ । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो ।

अझैपनि पूर्णरुपमा निको भई नसक्नुभएका नेता आचार्यले आफूलाई जीवनदान दिने गङ्गालालको उपचार सेवाप्रति कृतज्ञ भएको भन्दै अस्पतालले सङ्ख्यात्मक वृद्विलाई मात्र सफलता नठानेर बिरामी र उसका आफन्तलाई सन्तुष्ट बनाउन सकेमा मात्र सफल हुने बताउनुभयो ।

मुटुरोगको उपचारमा गङ्गालालको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले गुणस्तरीय र बिरामीमैत्री सेवा दिन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK