एकैघरका चार मिर्गौला पीडितलाई नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीद्वारा सहयोग

ENGLISH

NRN GLOBAL

एकैघरका चार मिर्गौला पीडितलाई नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीद्वारा सहयोग

12 January, 2017 | Sandeep Bhattarai | 1385 Views | comments

मिर्गौला पीडित

एकै घरका चार सदस्य मिर्गाैैला रोगबाट पीडित बनेको परिवारलाई मिर्गौला प्रत्यारोपण गर्न प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 

पर्वतको कुर्घा गाविस–२ को त्रिलोचन शर्माको परिवारलाई प्रवासी युवाले आर्थिक सहयोग गरेका हुन् । मिर्गौला पीडित परिवारका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको एकता युवा क्लब, पर्वतको संयोजनमा नेदरल्यान्डमा बस्ने प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जनसम्पर्क समिति नेदरल्यान्डका पूर्वअध्यक्ष मनोहरि शर्मा र उपाध्यक्ष विष्णु पोखरेलको अगुवाइमा सङ्कलन भएको रु ६५ हजार पाँचसय १३ पीडित शर्मालाई हस्तान्तरण गरिएको छ ।

पर्वतका प्रजिअ शम्भुप्रसाद मरासिनीले सहयोग रकम बुधबार हस्तान्तरण गर्नुभएको हो । केही दिनपहिले जिविस पर्वतले रु ४० हजार सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै प्रजिअ शम्भुप्रसाद मरासिनीले पीडित परिवारका लागि सरकारी निकायबाट हुनसक्ने सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । एकता युवा क्लबका अध्यक्ष अच्युत तिवारीले पीडित परिवारको घाउमा मल्हम लगाउन सहयोग सङ्कलन अभियान जारी राख्ने बताउनुभयो । “अहिले सानो सहयोग सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “यसलाई अभियानकै रुपमा अगाडि लैजान्छौँ ।”

शर्माको परिवारका चारजना सदस्यको मिर्गौला फेल भएको छ । एक सन्तानको सोही कारणले ज्यान गइसकेको छ भने परिवारका अन्य सदस्यले प्रत्यारोपणका लागि मिर्गौला दान गरेपछि यो परिवारका सबै सदस्यको एउटा एउटा मात्र मिर्गौला बाँकी छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका शर्माले आर्थिक सहयोग र आफन्तले दिएको ऋणले अहिलेसम्म चार जनाको उपचार र बाँकी सदस्यको औषधि खर्च चलाउँदै आएको बताउनुभयो ।

“चार÷चार जनाको मिर्गौला प्रत्यारोपण र नियमित औषधि खर्च जुटाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “सहयोगी मन र आफन्त नभए परिवारका सबै सदस्यले जीवनको कल्पना पनि गर्न सक्दैनन् ।” मिर्गाैला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गइसकेको छ भने छोरी र छोराको मिर्गाैला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मिर्गाैला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।

“रोगलाई मानिसको सबैभन्दा ठूलो शत्रु मानेर नै होला, शत्रु लागेपनि रोग नलागोस् भनेर कामना गरिन्छ तर, मेरो परिवारका लागि रोग नै सबैभन्दा ठूलो शत्रु बनेर आयो”, शर्माले भन्नुभयो, “परिवारका सबै सदस्य मिर्गाैलाबाट पीडीत हुँदा घरबास उठ्यो ।”

श्रीमती प्रेमकला पौडेलको अहिले डायलाइसिस भइरहेको छ । उनको मिर्गौला प्रत्यारोपण गर्न जरुरी भइसकेको छ । “डायलाइसिसबाट सधैँ बस्न सकिँदैन”, त्रिलोचनले भन्नुहुन्छ –“सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफूसँग प्रत्यारोपण गर्ने धन छैन ।”

माइली छोरी र कान्छो छोराको मिर्गौला प्रत्यारोपण गरेपनि सङ्क्रमण हुने र नियमित रुपमा औषधि खानुपर्ने समस्या छ । जेठो छोरा प्रकाशको २०६३ सालमा २६ वर्षको उमेरमा मिर्गौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मिर्गाैला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभावमा मृत्यु भयो । कान्छो छोरा दीपकको २३ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।

(लक्ष्मीप्रसाद सापकोटा) रासस

प्रवासी युवा मञ्चद्वारा मिर्गौला पीडित बानियाँलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK