एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने

ENGLISH

SPORTS

एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने

11 May, 2017 | Sandeep Bhattarai | 955 Views | comments

प्रधानमन्त्री कप

सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले रु ५० हजार, म्यान अफ दी सिरिजले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार पुरस्कार पाउनेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । लिगकम नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्चस्वरुप रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK