एएफसी यु १९ छनोट : नेपालको लगातार दोस्रो हार, बहराइन ४-० ले बिजयी

ENGLISH

SPORTS

एएफसी यु १९ छनोट : नेपालको लगातार दोस्रो हार, बहराइन ४-० ले बिजयी

3 November, 2017 | Sandeep Bhattarai | 710 Views | comments

एएफसी यु–१९ च्याम्पियनसिप छनोट

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट अन्तर्गत दोस्रो खेलमा पनि नेपाली युवा टोली पराजित भएको छ ।

बिहिबार भएको खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ रंगशालामा भएको खेलमा खेलको अन्त्यतिर नेपालका दिनेश हेन्जनले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।

नेपालमाथि दबाब बनएको बहराइनले खेलको २० औं मिनेटमा अली हसनले गोल गर्दै टोलीलाई अग्रता दिलायेजा थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा बहराइन दोस्रो हाफमा ३ गोल गर्यो । खेलको ६९ औं मिनेटमा व्याक्तिगत दोस्रो गोल गर्दै हसनले टोलीको अग्रता दोब्बर बनाए । बहराइन यतिमा रोकिएन खेलको ८७ औं मिनेटमा मुबारकले र इन्जुरी समयमा हुसेनले गोल गर्दै बहराइनलाई ४-० को सहज जित दिलाए ।

यो हारसंगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कम्जोर भएको छ ।नेपाली युवा फुटबल टोली पहिलो खेलमा पनि कीर्गिस्तानसंग २-० ले पराजित भएको थियो। कीर्गिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाल कीर्गिस्तान सामू पनि निरिह देखिएको थियो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइन छन् । अब नेपालले आफ्नो तेस्रो खेल कात्तिक १८ गते युएईसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट : दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK