एएफसी यु–१९ च्याम्पियनसिप छनोट : दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै

ENGLISH

SPORTS

एएफसी यु–१९ च्याम्पियनसिप छनोट : दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै

2 November, 2017 | Sandeep Bhattarai | 1430 Views | comments

एएफसी यु–१९ च्याम्पियनसिप छनोट

एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट अन्तर्गत पहिलो खेलमा पराजित भएको नेपाली युवा टोलीले आज(बिहिबार) बहराइनसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ पौने पाँच बजे हुनेछ ।

नेपाली युवा फुटबल टोली पहिलो खेलमा कीर्गिस्तानसंग २-० ले पराजित भएको थियो। कीर्गिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाल कीर्गिस्तान सामू निरिह देखिएको थियो ।

खेलको २१ औं मिनेटमा कीर्गिस्तानका बोरुबएभ गुल्ज्हिगितले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेपछि दबाबमा देखिएको नेपालले दोस्रो हाफमा पहिलो हाफ भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको इन्ज्युरी समयको अन्तिम समयमा गोलकिपरको गल्तिको कारण दोस्रो गोल खएको थियो । गोल किपर अगाडी बढेको अवस्थामा शुकुरोव अलिमारडोनले भली गोल गरे ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइन छन् । अब नेपालले आफ्नो तेस्रो खेल कात्तिक १८ गते युएईसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट : कीर्गिस्तानसंग नेपाल २-० ले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK