एएनए युनिटी गाला (एकता समारोह) बाल्टिमोरमा सम्पन्न

ENGLISH

NRN GLOBAL

एएनए युनिटी गाला (एकता समारोह) बाल्टिमोरमा सम्पन्न

16 May, 2017 | Bipin Acharya | 735 Views | comments

गत मे १४ तारिख बाल्टिमोरमा दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )ले एएनए युनिटी गाला (एकता समारोह) सम्पन्न गरेको छ । उत्सवको मुख्य उदेस्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनर्जीवन दिने ,बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने तथा बिशेष कार्यक्रम तथा रोमान्चक कार्यक्रमको घोषणा गरिने पूर्व जानकारी गराए अनुसार एएनए का पदाधिकारीले बिशेष जानकारी गराए ।

यसको साथै कोष वृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त भेलामा डिसी महानगर क्षेत्रका बिभिन्न व्यक्तित्वहरु ,संघ संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजक तथा पदाधिकारीहरुले आफ्नो मन्तब्यको साथै उपस्थित बिभिन्न व्यक्तिहरुले शुभकामनाको साथै सुझाव दिएका थिए ।

कार्यक्रममा एएनएका अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले अव युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएकोले युवाहरुलाई तयार हुन् आग्रह गर्दै अमेरिकामा जन्मेका दोश्रा पुस्ता लाई लक्षित बिसेष कार्यक्रम ल्याएर उनीहरुलाई नेपालको सेवा गराउने समेत गर्ने बताए । अधिकारीले अगाडी भने एएनए संग म्यापिङ्ग दि रुट्स ( मार्ग को नक्शा बनाउने )भन्ने कार्यक्रम को सोचमा रहेको बताए ।

महा बाणिज्य दूत प्रेम राजा महतले झन्डै १० बर्ष पछि बाल्टिमोरमा हुन् लागेको सम्मेलनलाई शुभकामना दिदै सवै जना एक जुट हुन् आग्रह गरे l बाल्टिमोर एएनए सम्मेलनका सम्मेलन संयोजक विजय श्रेष्ठले सवै एक जुट हुनु पर्ने भन्दै सवैले होस्टेमा हैसे गर्न आग्रह गरे ।

यसै गरि एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले डीसी महानगर क्षेत्रका सवै वर्ग तथा नेपाली समुदायलाई एएनए युनिटी गाला (एकता समारोह)लाई सहयोग गर्ने र सद्भाव देखाउने सवैलाई कृतज्ञता ज्ञापन गरे ।

यसको साथै सन् १९८३ मा स्थापित एएनएले निर्वाचन आगामी जून महिना भित्र समेत गर्ने भएको छ भने एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि )को नेतृत्वमा ३ समिति समेत गठन गरिएको छ ।

कार्यक्रम नेपाल हाउस चमेना गृहमा भएको थियो  ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK