एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती 

ENGLISH

NRN GLOBAL

एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती 

विजय थापा ,वाशिंगटन डीसी 

3 January, 2017 | Sandeep Bhattarai | 825 Views | comments
दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l
गत डिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छापा बिज्ञप्तिमा जनाइएको छ l

वर्तमान कार्यकारी समितिको कार्यकाल अवधि आगामी जनवरी ६ तारिखमा समाप्त हुने भएकोले जनवरी ७ तारिख देखि नै लागु हुने गरि एएनए बोर्ड अफ ट्रस्टी निर्णय गरेको छ l  र एएनए अन्तरिम कार्यकारी समितिले जनवरी ७ देखि काम अर्को चुनाबको व्यवस्था नहुन्जेल एएनए को बार्षिक सम्मेलन जुलाई ४ तारिख सम्म काम गर्ने जनाएको छ l

एएनए संचालक समिति ले वर्तमान सभापति शम्भु ढुंगाना तथा समितिलाई कुशल नेतृत्व प्रदान गर्न सफल भएकोमा धन्यवाद दिएको छ l  एएनए अन्तरिम कार्यकारी समितिले एएनए संचालक समितिको निर्देशन अनुसार काम गर्ने तथा अर्को चुनाब द्वारा नयाँ कार्यकारी समिति गठन नहुन्जेल काम गर्ने जनाएको छ l

हरेक दुई बर्षको जुन महिनामा निर्वाचन हुने गरेता पनि जनवरी २०१५ मा अदालत द्वारा एएनए संचालक समितिको नियुक्ति भएकोले उक्त कार्यकारी समितिको म्याद आगामी जनवरी ६ ,२०१७ मा समाप्त हुने छापा बिज्ञप्तिमा उल्लेख गरेको छ l

यसैगरि निवर्तमान अध्यक्ष रोजर अधिकारीलाई एएनए संचालक समितिले संचालक समितिको सदस्यमा नियुक्त गरेको छ l उनको समय अवधि जनवरी ७ मा म्याद गुज्रिने हुन्छ भने वर्तमान अध्यक्ष शम्भु ढुंगाना एएनए संचालक समितिमा प्रवेश गर्ने छन् l

र, उक्त एएनए संचालक समिति ( बोर्ड अफ ट्रस्टी ) सन् २०१५ मा स्थापित भएको हो भने गत वर्ष एएनए एटलान्टा सम्मेलनका साधारण सभाले अनुमोदन गरेको नाईएको छ l

एएनए अन्तरिम कार्यकारी समितिमा सभापतिमा मेदिनी अधिकारी ,वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,संचार निर्देशकमा तुलसी जोशी ,समिति सदस्यमा विजय श्रेष्ठ तथा राजेन्द्र खतिवडालाई नियुक्त गरिएको छ l

एनआएएनएबाट बाल्टिमोरमा नेपालमा लगानीका सम्भावना, चुनौती र फाइदा विषयक अन्तरक्रिया कार्यक्रम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK