एएनएस को स्वर्ण जयन्ति समारोह सफलताको साथ सम्पन्न ,पूर्व अध्यक्षहरु सम्मानित

ENGLISH

NRN GLOBAL

एएनएस को स्वर्ण जयन्ति समारोह सफलताको साथ सम्पन्न ,पूर्व अध्यक्षहरु सम्मानित

विजय थापा,वाशिंगटन डीसी

30 May, 2017 | Sandeep Bhattarai | 595 Views | comments

एएनएस

उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुतिको साथ सम्पन्न गरेको छ l

५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदूत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएस ले विविध कार्यक्रम पस्कदै पुन: समाजमा रक्तसंचार गराएको छ l

मूल त अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई प्रमुख प्राथमिकता दिदै उनीहरु भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका दिएको छ l अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली भाषा बोल्न समेत असजिलो लाग्ने भएता पनि विश्व कै कुनै कुनामा गए पनि नेपाली पन र नेपाली मन भन्ने भावना लाई व्यवहारिक रुपमा प्रमाणित गर्न सफल भएका छन् l

स्वर्ण जयन्ति कार्यक्रम विशेष नृत्य ,गीत तथा नाचगानमा केन्द्रित रहेको थियो l उक्त साँस्कृतिक सांगीतिक कार्यक्रमको मुख्य संयोजन को भूमिका निर्वाह गर्ने प्रभा भट्टराई देउजाले सम्पूर्ण जिम्मेबार आफ्नो काँधमा लिएर कार्यक्रमलाई अभूतपूर्व सफल बनाउन कुनै कसर नछोडेको कार्यक्रमले प्रमाणित गरि दिएको छ l

अमेरिका नेपाल सोसाइटीका पदाधिकारी ,स्वयम् सेवक तथा शुभ चिन्तकको विशेष सहयोगमा कार्यक्रम अपार सफलता साथ सम्पन्न भएको छ l कार्यक्रममा अमेरिक सिनेटर ,सांसद तथा अन्य विदेशीहरुले समेत शुभकामना को साथै मन्तब्य राखेका थिए l कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को उपस्थिति रहेको थियो l

स्वर्ण जयन्तिको अवसरमा कार्यक्रम सुरु गर्नु अगाडी रक्तदान कार्यक्रम राखिएको थियो भने ३९ जनाले रक्तदान गरेको जानकारी संयोजक सान कि अध्यक्ष मंजु कार्की संग्रौलाले दिएकी छिन् l यसै गरि ५० बर्ष पुगेको अवसरमा एएनएस हेरिटेज फोटो कन्टेस्ट नामक प्रतियोगिताको आयोजना समेत गरिएको थियो l उक्त प्रतियोगिताको संयोजन नेपाली दुतावास का छाँया चित्रकार पत्रकार तथा वृतचित्र निर्माता/निर्देशक कुमार श्रेष्ठले गरेका थिए l

उक्त प्रतियोगितामा प्रथम स्थानमा बज्रपानी नृत्य को तस्बिर बनाउने किजन शाक्य ,द्वितीय स्थानमा धौलागिरी हिमाल बनाउने संकल्प केसी तथा तृतीय स्थानमा नेपालको भूकम्प जानु अगाडी खिचेको तस्बिर बनाउने पाटन दरबार बनाउने मेरिना डंगोल भएका छन् l बिजेताहरुलाई क्यामेरा (चित्र ग्राहिणी ) प्रदान गरिने छ l

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु राम मालाकार ,अनुप पहाडी (विद्या वारिधि ) ,बिजया शाह ,प्रेम संग्रौला ,खेम भट्टचन ,ठाकुर पुडासैनी (विधा वारिधि ) आदिलाई सम्मान गरिएको थियो l

एएनएस

कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण सहभागी कलाकार ,स्वयम् सेवक तथा सहयोग गर्ने लाई प्रशंसा पत्र प्रदान गरिनुको साथै डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी तथा भारोत्तोलक रुप कार्कीलाई समेत सम्मान गरिएको थियो l कार्यक्रमको सभापतित्त्व अध्यक्ष जीवन तिवारीले गरेका थिए l

अमेरिकामा एएनएस सम्पदा फोटो(तस्बिर )प्रतियोगिता २०१७ हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK