ऋतिकलाई एकै दिन ३० हजार विवाहको प्रस्ताव…!

ENGLISH

ENTERTAINMENT

ऋतिकलाई एकै दिन ३० हजार विवाहको प्रस्ताव…!

10 January, 2017 | Bhawana Pathak | 660 Views | comments

बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४३ औँ जन्मदिन मनाउँदैछन् । १० जनवरी १९७४ मा जन्मेका ऋतिकले सन् २००० मा सिनेमा कहो ना प्यार है बाट बलिउडमा ब्रेक लिएका थिए ।

ritik

मुख्य अभिनेताको रुपमा ब्रेक लिनुभन्दा पहिले ऋतिकले केही सिनेमाहरुमा बाल कलाकारको रुपमा पनि काम गरे । १९८० मा आएको सिनेमा आशा उनको बालकलाकारको रुपमा पहिलो सिनेमा थियो । त्यस समय ऋतिक ६ बर्षका थिए ।

ऋतिक रोशन अहिले सफल अभिनेताका साथै राम्रो डान्सरका रुपमा पनि परिचित छन् । तर उनलाई २१ बर्षको उमेरसम्म डान्स गर्न निकै गाह्रो लाग्थ्यो । पछि उनले आफ्नो ढाडको हड्डीको उपचार गराए र आज डान्सका सुपरस्टारका रुपमा चिनिएका छन् ।

ऋतिक रोशनको जीवनको ४३ बर्षे यात्रामा धेरै चाखलाग्दा कुराहरु भए । सबैभन्दा धेरै चाखलाग्दो एउटा कुरा छ त्यो हो एकै पटक ३० हजार विवाहको प्रस्ताव आउनु । अहिले ऋतिक श्रीमती सुजैनसँग डिभोर्स लिएर एक्लै बसेका छन् । तर एक समय यस्तो पनि थियो ।

ऋतिकलाई विवाहको लागि एकैपटक ३० हजारवटा प्रपोजल आएका थिए । उनको पहिलो सिनेमा कहो ना प्यार हे पछि उनलाई धेरैले मन पराउन थाले । उनलाई देखेर फिदा हुने युवतीहरुको सङख्या अनगिन्ती थियो ।

उनलाई युवतीहरुले मन पराउने कुराको पुष्टि सन् २००० को भ्यालेन्टाईनको दिनमा भयो । त्यो दिन उनको घरमा विवाहको लागि भन्दै ३० हजार प्रस्ताव आए जुन उनका फ्यानहरुबट आएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK