उपेन्द्र यादव र राजेन्द्र महतोबीच फेरि शीत युद्ध सुरु, मैदानमा ‘आमनेसामने’

ENGLISH

उपेन्द्र यादव र राजेन्द्र महतोबीच फेरि शीत युद्ध सुरु, मैदानमा ‘आमनेसामने’

5 January, 2017 | Bhawana Pathak | 805 Views | comments

मधेसी मोर्चाभित्र रहेका दुई शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोबीच फेरि शीत युद्ध सुरु भएको छ । संविधान संशोधन हुने अन्तिम तयारीमा रहेका बेला दुई शीर्ष नेताहरूबीचको कटुता एकपटकफेरि मैदानमा आएको छ ।

rajendra-mahato-upendra-y-810x450

व्यक्तिगत टकरावका कारण यसअघि मैदानमा खुरेलै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्दै आएका यादव र महतो ‘मधेस’ शब्दको बहानामा फेरि खरो आलोचनामा उत्रिएका हुन् ।

अध्यक्ष यादवको निजी सचिवालयले महतोलाई ‘ठेकेदार’को संज्ञा दिएको छ । अध्यक्ष यादवका प्रेस सहयोगी महेश चौरसियाले सद्भावना पार्टीका अध्यक्ष महतोलाई भनेका छन्, ‘कुनै बेला विमानस्थलको ठेकेदार तपाईले मधेस पनि मेरै ठेक्का हो जस्तो गरी जनतामा भ्रम सिर्जना नगरौँ न हौं’ भनेर आलोचना गरेका छन् ।

सप्तरीमा भएको सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोले उपेन्द्र यादवलाई ‘मधेस’सँग बद्मासी गरेको भन्दै आरोप लगाएपछि सचिवालय रिसाएको हो । यादवले आफ्नो पार्टीको नाम परिवर्तन गरेर ‘मधेस’ शब्द हटाएकोप्रति महतोका आक्रमण थियो ।

उपेन्द्र यादवप्रति लक्षित गरेर महतोले ‘कसैले आफ्नो पार्टीबाट ‘मधेस’ शब्द हटाउँदैमा मधेसीको हकअधिकारको आन्दोलन रोकिँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सद्भावनाका केन्द्रीय कार्यालय सचिव राजेश चौधरीले राजेन्द्र महतोको आफ्नै राजनीतिक उचाइँ रहेको भन्दै व्यक्तिगत गालिगलौजमा उत्रन नहुने बताए । ‘उपेन्द्र यादवजीको आफ्नै उचाइँ छ । राजेन्द्र महतोजी मधेसीमा लोकप्रिय नेताका रुपमा पहिचान बनाउनु भएको छ’, उनले भने, ‘महतोजीको लोकप्रियता देखेर केही नेता र दलहरूको टाउको दुःखाइ भएको छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK