उपल्लो मुस्ताङीलाई लोमान्थाङबाटै नागरिकता

ENGLISH

उपल्लो मुस्ताङीलाई लोमान्थाङबाटै नागरिकता

30 July, 2016 | Bhawana Pathak | 1130 Views | comments

nagarikataउपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् ।

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि लोमान्थाङमा सीमा कार्यालयमार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

सीमा प्रशासन कार्यालयमा जनशक्ति काम र अधिकार पनि कम हुने भएकाले त्यसबाट स्थानीयको आवश्यकता पूरा गर्न नसकेपछि त्यसलाई हटाइएको उहाँले बताउनुभयो । “यसले दुर्गम क्षेत्रका सर्वसाधारणलाई एउटा सिफारिसका लागि हप्ता दिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता सदाका लागि अन्त्य हुनेछ,” प्रजिअ अधिकारीले भन्नुभयो, “साउन महिनाको अन्तिम हप्तासम्म हामीले यो कार्यालय सञ्चालमा ल्याउनेछौँ ।”

उपल्लो मुस्ताङका छ गाविसमा करिब तीन हजार जनसङ्ख्या छ । इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुई जना सुब्बा, एकजना खरिदार र एकजना कम्प्युटर अपरेटरसहित पाँच जनाको दरबन्दी स्वीकृत भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका लागि टेलिफोन, इन्टरनेट, विद्युत्जस्ता अतिआवश्यकीय सामग्रीको व्यवस्थापन पछि सेवा प्रवाह सुरु गरिने बताइएको छ ।

“पहिलो चरणमा एक टोलीले त्यसको सबै कुराको अध्ययन गरेर फर्किएको छ, अब छिट्टै सेवा प्रवाह गर्ने गरि टोली जाँदैछ”, उहाँले भन्नुभयो, “सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली पनि सँगै रहनेछन् ।” जोमसोमदेखि ९३ किलोमिटरको दूरीमा पर्ने लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालमा आए स्थानीयले नागरिकता, राहदानी, सार्वजनिक मुद्दा मामिला र फोटोसहितको मतदाना नामावली दर्ता जस्ता सरकारी सुविधा गाउँ तहमै पाउने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK