उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

ENGLISH

TECH

उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु

29 April, 2018 | Kabi Adhikari | 1925 Views | comments

दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ ।

nepal-telicome-office

डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् ।

फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्कविहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिएपछि खुशी भएका छन् । धोमा नेपाल टेलीकमले माइक्रो विटियस नमस्ते टावर राखेसंगै वर्षौंदेखिको स्थानीयवासीको सपना साकार भएको दूरसञ्चार कार्यालयले जनाएको छ ।

माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा पर्ने धो बस्तीमा माइक्रो बिटिएस जिएसएम मोबाइल टावर वैशाख ९ गतेदेखि सञ्चालनमा आएको हो । उक्त मोबाइल टावरबाट एक पटकमा १४ जनासम्मले मात्र कुरा गर्न सकिने टावर जडानका लागि डोल्पा पुग्नुभएका प्राविधिक खेमराजसिंह बोहोराले जानकारी दिनुभयो ।

पहिलो पटक माथिल्लो भोटमा परीक्षणका लागि पाँच वटामात्र च्यानल भएको रसियन (टाइम स्लोट) उपकरण जडान गरिएको हो । यो प्रविधि अत्यन्तै महँगो पर्ने बताइएको छ ।

उक्त टावरले धो, ताक्सीलगायत बस्तीको कुनाकुनासम्म नधान्ने तर थोरै भए पनि समस्या समाधान भएको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताउनुभयो ।

जिल्लाको विकट क्षेत्र मानिने उपल्लो डोल्पा साल्दाङ, भिजेर, फोक्सुण्डो, छार्कालगायत दर्जनौँ बस्ती अझै पनि फोन सम्पर्कविहीन छन् ।

पूर्व शान्ति मन्त्री तथा वर्तमान सांसद सत्या पहाडीले उपल्लो डोल्पालाई सञ्चार पहुँचमा जोड्न विशेष पहल गरिरहेका छौँ, अब छिट्टै त्यहाँका गाउँबस्तीमा फोन सुविधा विस्तार गरेर जनतालाई घरआँगनबाटै विश्वसँग जोद्छौँ भन्नुभयो

टेलिकमको सीमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेविसंघको ध्यानाकर्षण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK