उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

ENGLISH

POLITICS

उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

28 February, 2017 | Krishna Adhikari | 1030 Views | comments

nanda_badhur_pun_with_pm_puspakamal_dahalउपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ ।

विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री दाहाल अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो लिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिको उपचारमा डा मधु घिमिरे र डा शिवजीविक्रम सिलवाल संलग्न हुनुहुन्छ । चिकित्सकले उहाँको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताउनुभएको प्रेस संयोजक घर्तीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । यसैगरी, उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि अस्पताल पुगेर उपराष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।चिकित्सकका अनुसार हाल उपराष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK