उपचार पाउन नसकेकी महिलाको एनआरएनद्वारा उद्धार

ENGLISH

NRN GLOBAL

उपचार पाउन नसकेकी महिलाको एनआरएनद्वारा उद्धार

23 March, 2016 | Sandeep Bhattarai | 500 Views | comments

saudiरोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पहलमा साउदी अरबको पूर्वी प्रान्त खोबार, थुक्बाबाट पीडित तामाङलाई उद्धार गरी स्वदेश पठाइएको हो । पीडित तामाङलाई नेपाली दूतावासको समन्वयमा उद्धार गरी मङ्गलबार स्वदेश पठाइएको सङ्घका महासचिव तेजबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

पीडित तामाङ काठमाडौँ रातोपुलस्थित च्वाइस इन्टरनेसनल मेनपावर कम्पनीमार्फत सात महिनाअघि खोबारमा रहेको इनिसियल सप्लायर्स कम्पनीमा कामदारका रुपमा आएकी थिइन् । रोगले ग्रस्त भई थला परेकी तामाङलाई रोजगारदाताले औषधि उपचारमा बेवास्ता गरेपछि उनको अवस्था थप जटिल बनेको थियो ।

पीडित तामाङले आफ्नो उपचार हुन नसकेपछि स्वदेश पठाइदिन अनुरोध गरे पनि रोजगारदाता कम्पनीले करार अवधि पूरा नभएको भन्दै अस्वीकार गर्दै आएको थियो । तामाङलाई साउदी ल्याउन पाँच हजार साउदी रियल खर्च भएको भन्दै रोजगारदाताले सो रकम तिरे मात्र स्वदेश फर्कन दिने बताएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK