उपचार नपाउँदा कतारमा दुई नेपाली युवा विचल्लिमा (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

उपचार नपाउँदा कतारमा दुई नेपाली युवा विचल्लिमा (भिडियो सहित)

नेपालमा एउटा सम्झौता र कतारमा अर्को गरेर कम्पनीले ठगेको आरोप

23 July, 2017 | Sandeep Bhattarai | 995 Views | comments

सोहन पाण्डे राम्रो तलव पाउने आस्वासनमा कतार पुगेका दुई युवा भने अनुसारको तलव, सुविधा र उपचार नपाएपछि विचल्लिमा परेका छन् । काठमाडौंको सामाखुशीस्थित प्यासिफिक ओभरसिलले पठाएका नुवाँकोटका सोहन पाण्डे र दिलिप कार्की विचल्लिमा परेका हुन् ।

ओभरसिसका संचालक जगत गुरुङले फ्रि भिसा, फ्रि टिकट भन्ने बिज्ञापन गरेर ती दुवैलाई १ लाख २० हजार रुपैयाँ असुली कतार पाठाएका थिए । ओभरसिका मालिक गुरुङले श्रमको झुटो कागजपत्र बनाएर कतारको एके सेक्युरिटी आपुर्ती गर्ने कम्पनीलाई पठाएको थियो ।

उनीहरुले दैनिक १२ घण्टा चर्को घाममा खटद्दा बल्ल महिनाको १ हजार २ सय कतारी रियल तलव पाउने गरेका गुनासो गरे । उनीहरुलाई कम्पनीले ८ घन्टा काम गरेवापत १ हजार ५ सय रियाल तलव दिने सम्झौता गरेको थियो ।

उनीहरुलाई बस्ने सेल्टर पनि आउनजान तीन घण्टा लाग्ने दुरीमा ब्यवस्था गरिएको छ । त्यहाँ चर्को गर्मीले हातखुट्टामा घाउ आएर थला परेका पाण्डेले प्यासिफिक ओभरसिजले श्रमको झुटो कागज बनाएर आफुलाई फसाएको दाबी गरे । बैदेसिक रोजगार विभागले पनि झुटो श्रम सम्झौताको कागजपत्रमा छाप लगाईदिएको उनको गुनासो छ । ‘खुट्टामा आएको घाउले जुत्ता लगाउन हुँदैन, उनले भने, ‘उपचार गर्न भन्दा कम्पनीले सुनुवाइ गर्दैन ।

नेपालका म्यानपावर कम्पनीसँग गरिएको तलब, श्रमको सम्झौता बेग्लै र कतारमा पुगिसकेपछि त्यहाँको कम्पनीले दिने तलबलगाएतका विभिन्न सम्झौताहरु बेग्लै रहेको पीडित युवाहरुको गुनासो छ ।

‘चर्को घाममा १२ घण्टा खटेर महिनाको १ हजार २ सय रियल कमाई हुन्छ । के खाने ? के बचाएर घरमा बालबच्चालाई पठाईदिने ?’ पाण्डेले भने, ‘नेपालमा चर्को ब्याजमा साहुसँग ऋण लिएको हुँ । ऋण तिर्न निकै धौधौ भैरहेको छ ।’ कार्यरत कम्पनीको कार्य क्षेत्रमा प्यास लागेको समयमा पानी पिउनसमेत नपाइने उनले बताए । बस्ने ठाउँ समेत छैन, सौचालय छैन, बेलुकी बस्ने ठाउँमा बत्तीसमेत छैन,’ उनले भने, ‘हामीले नर्कको जिन्दगी गुजारेका छौं । कतारको उक्त कम्पनीमा १ हजार २ सय नेपाली कामदारहरुले दुःखका साथ काम गरिरहेको उनले बताए ।

उनीहरुले आफूहरुले सम्झौता अनुसार तलव नपाएको, उपचार नपाएको, अन्य आधारभूत सुविधा समेत नपाएको गुनासो गरेपछि त्यहाँ कार्यरत कम्पनीका मालिकले धम्क्याएको पाण्डेले बताए । ‘तँलाई मारेर केही फरक पर्दैन भनेर धम्क्याए,’ पीडित पाण्डेले भने, हामी गुनासो गर्न कहाँ जाने ? पीडित युवाहरु सहयोगको याचना गर्दै त्यहाँस्थिति नेपाली दूतावाससमेत पुगेका थिए । समयको अभाब भन्दै दूतावासका कर्मचारीले फोटोसहित इमेलमा गुनासोसहित निवेदन गर्न आग्रह गरेको उनीहरुले बताए । राजदुतावासबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ ।

सोहन पाण्डे

त्यसपछि उनीहरुले बैदेशिक रोजगार विभागमा फोन गरेको बताए । ‘त्यहाँ पनि हाम्रो कुराको सुनुवाइ भएन’ उनले भने, ‘एक पुरुष कर्मचारीले फोन उठाउनुभयो । उहाँलाई हाम्रो कुरा सुन्ने फुर्सदै रहेनछ ।’

ती युवाको भनाइको भिडियो –

र नेपालमा पीडित युवाकी आमाको बिलौना भिडियोमा :

कतारमा नेपालीको सुरक्षाबारे राजदूतसँग प्रधानमन्त्रीको चासो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK