उधारो भन्दै मनिपालमा डाक्टरी पढाइ पुनः अवरुद्ध, विद्यार्थी चिन्तामा

ENGLISH

उधारो भन्दै मनिपालमा डाक्टरी पढाइ पुनः अवरुद्ध, विद्यार्थी चिन्तामा

29 November, 2016 | Bipin Acharya | 975 Views | comments

मंसिर १ गतेको सम्झौतापछि पढाइ सुचारु भएको मनिपाल मेडिकल कलेजका डाक्टरले फेरि पढाउन छाडेका छन् । ३ महिना रोकिएको पढाइ सुचारु हुँदा खुसी विद्यार्थी र अभिभावक एकसाता नबित्दै निराश भएका छन् ।

doctor

सम्झौताअनुसार एकमुष्ठ कार्यान्वयन हुनुपर्ने मागमध्ये २ वटालाई उधारो पारिएको भन्दै चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । कलेज व्यवस्थापनले भने २ महिनाभित्र माग पूरा गराउने भन्दाभन्दै बीचैमा फेरि आन्दोलन हुनु आपत्तिजनक रहेको बताएको छ । ‘हामीले ४/५ प्रतिशत तलब वृद्धि गरिसकेका छौं,’ कलेजका प्राचार्य बिएम नागपालले भने ।

विद्यार्थीहरुले प्रशासन र शिक्षकहरुको लडाइँका बीचमा आफूहरु परेको दुखेसो पोखेका छन् । उनीहरुले आफ्नो एक वर्ष नै गुम्ने गरी पढाइ अवरुद्ध भएको भन्दै मानसिक पीडा बेहोरिरहेको पनि सुनाए । अभिभावक जगन गुरुङले जसको जे माग भए पनि विद्यार्थीको पढाइ रोकिन नहुने बताए ।

अर्का अभिभावक विश्वप्रकाश लामिछानेले फी तिरिरहँदा पनि पढाइ नहुनु दुखद भएको सुनाए । ‘हामीले फी तिरिराछौं र शिक्षक एवं व्यवस्थापकहरुले तलब खाइरहनुभएको छ,’ उनले भने, ‘तर पढाइ भएको छैन । हाम्रा बच्चालाई मानसिक पीडा छ ।

दसैं तिहार कसरी मनाऔं पनि भन्न नसक्ने अवस्था भयो ।’ माल्दिभ्स र श्रीलंकादेखिबाट आएका विद्यार्थीका अभिभावकले रुँदै फोन गर्ने गरेको पनि उनले सुनाए । ‘यो अवस्थाले त पोखराको मात्रै होइन देशकै बेइज्जत भएको छ,’ उनले भने ।

मनिपाल मेडिकल कलेजको सातौं र नवौं समेस्टरका गरी ३ सय विद्यार्थीको पढाइ रोकिएको हो । भदौ ७ गतेदेखि शिक्षकहरुले आन्दोलन गरेका थिए । त्यसपछि ३ महिना उनीहरुको पढाइ भएन ।

अभिभावकको पहलमा मंसिर १ गते भएको छलफलपछि कलेज खुलेको थियो । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।

आइतबार पढाइका सिलसिलामा सेमिनार चल्दै गर्दा आन्दोलनरत शिक्षकहरुले अवरोध पुर्‍याएको विद्यार्थीहरुले दुखेसो पोखे । आन्दोलनरत डाक्टरहरुका तर्फबाट डा। दीपक कोइरालाले सम्झौता एकसातामै तोडिएको हुँदा आन्दोलन गर्नुपरेको बताए ।

‘एउटा माग पूरा गरेर अरु उधारोमा राखियो,’ उनले भने, ‘हामीले पढाइ रोके पनि अस्पतालको ड्युटी छाडेका छैनौं ।’

प्रशासनले भने विज्ञ टोलीमार्फत आउने सुझाव कार्यान्वयन गर्न आफूहरु तयार रहेको जनाएको छ ।

‘आयोग बनाएर त्यसले निकास निकाल्ने भन्ने सम्झौता हो,’ प्राचार्य नागपालले भने, ‘आयोगले भनेको मान्न हामी तयार छौं । तर आन्दोलन गरेर फेरि पढाइ रोक्नुचाहिँ अस्तिको सम्झौताविपरीत हो ।’

अभिभावक लामिछानेले विद्यार्थीहरुको पढाइ लम्बिने र खर्च बढ्ने चिन्ता प्रकट गरे । उनले भने, ‘अब एक वर्ष लम्बियो भने १०-१५ लाख रुपैयाँ खर्च बढ्छ ।’ उनले ५० लाख रुपैयाँ खर्च गरेर पढाउँदा पनि उल्टै बच्चाको भविष्य जोखिममा पारिनु नाजायज भएको खबर समाधानमा छ ।

‘प्रशासन र शिक्षकहरुको जुँगाको लडाइँ भएको छ र हाम्रा बच्चा मिचिएका छन्,’ उनले भने, ‘दोष वा कमजोरी जसको भए पनि यो मनिपाल प्रशासनले सल्टाउनुपर्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK