उत्तर प्रदेशका सहरमा ‘चलिए पोखरा’ अभियान

ENGLISH

NRN GLOBAL

उत्तर प्रदेशका सहरमा ‘चलिए पोखरा’ अभियान

29 March, 2016 | Bipin Acharya | 470 Views | comments

नेपालमा पर्यटक र पर्यटन प्रबद्र्धन गर्न नेपाल पर्यटन बोर्डले उत्तर प्रदेशका विभिन्न सहरहरु केन्द्रित रहेर प्रचारप्रसारका अभियान चलाउन थालेको छ ।

ev

होटल एशोसिएसन पोखरा, नेपाल पर्यटन बोर्ड र उत्तर प्रदेशस्थित स्थानिय ट्राभल–टुर व्यवसायी समेतको सहयोगमा उत्तर प्रदेशका कानपुर, लखनऊ, बनारस, सुनौलीमा ‘चलिए पोखरा’ अभियान संचालनमा ल्याइएको छ ।

हालै मिनि सार्क सम्मेलन समेत सफलतापूर्वक पोखरामा सम्पन्न भएको पृष्ठभूमीमा पोखरालाई केन्द्रमा राखेर नेपालको पर्यटन प्रबद्र्धनको काम थालिएको पोखरा होटल एशोसिएसनका अध्यक्ष भरत पराजुलीले बताए । लखनऊस्थित हिल्स टुर एण्ड ट्राभल्सका प्रबन्धक शोभाकर न्यौपानेका अनुसार आइतबार कानपुरमा पर्यटन प्रवद्र्धनको समारोह पुरा गरेर सोमबार लखनऊ, मंगलबार बनारस र बुधबार सुनौलीमा यो अभियान चलाइने भएको हो । उनका अनुसार पर्यटन प्रवद्र्धनमा पोखरा, भैरहवा तथा काठमाडौंबाट झण्डै तीन दर्जन पर्यटनकर्मी, पत्रकार र होटल व्यवसायी उत्तर प्रदेश आएका छन् ।

पर्यटन बोर्डका क्षेत्रीय प्रतिनिधि उदय भट्टराईका अनुसार पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत संग्राहलय, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फेवाताल, बेगनास र रुपातालको आकर्षण, महेन्द्र गुफा, स्काइ–डाइभिङसहितका विशेषताबारे विभिन्न सहरमा जानकारी बाँढ्दै अभियान अघि बढिरहेको छ ।

यसैगरी, अन्नपूर्ण पदयात्राको केन्द्रबिन्दू, तिलिचोदेखि मुस्ताङसम्मको प्रवेश बिन्दू, कालीगण्डकी खोंचको आकर्षणका बारेमा समेत बताइएको थियो । विभिन्न केन्द्रमा नेपाल पर्यटनबारेको भिडियो प्रदर्शन, तस्बिर र पोस्टर प्रदर्शनी जारी रहेको छ ।

‘चलिए पोखरा’ नाम दिएर संचालनमा आएको अभियानमा पोखराबाट बाराही होटलका प्रबन्धक बिप्लव पौडेल, पोखरा भिलेजका हरि शर्मा, सांग्रिला भिलेजका अर्जुन मैनाली, फूलबारी रिसोर्टका रोशन खवास, पिस प्लाजाका भरत पराजुली, होटल जोशीका अजयकुमार जोशी, हरि अर्याललगायत सहभागी छन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK