उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

ENGLISH

WORLD

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

21 April, 2018 | Kunjar Bhattarai | 2105 Views | comments

त्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । 

विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताउनु भएको छ ।
सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गर्नु भएको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ । उहाँको यो घोषणासँगै दक्षिण कोरिया र अमेरिकासँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

नेता उनले आउदो साता दक्षिण कोरियाका राष्ट्रपतिसँग र त्यसपछि आउदो जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुवै देशसँगको वार्ताको तयारी भईरहेका बेला उत्तर कोरियाको तिव्र परिवर्तनका खवरहरु सार्वजनिक भईरहेका छन् ।

शान्ति र आर्थिक वृद्धिका लागि आफ्नो देशले आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गर्ने निर्णय लिएको नेता उनले बताउनु भएको छ । क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने उनको घोषणालाई अन्य देशका नेताहरुले भने स्वागतयोग्य कदम भएको भन्दै प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “यो उत्तर कोरिया र विश्वकै लागि अत्यन्त खुशीको खबर हो ।” ट्रम्पले यसलाई ठूलो उपलब्धिको रुपमा पनि व्याख्या गर्नु भएको छ ।

उहाँले उनसँगको आफ्नो भेटवार्ता पनि फलदायी हुने संभावना बढेको बताउनु भएको सञ्चार माध्यमहरुले लेखेका छन् । ट्रम्पले केही दिन अगाडि आगामी मे वा जुनमा उनसँग भेटवार्ता गर्ने तयारी भईरहेको जानकारी दिनुभएको थियो ।

उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK