उत्तर कोरियाको शासनबाट मुक्त हुन भागेकी योनमीको पिडादाइ कथा (भिडियो)

ENGLISH

WORLD

उत्तर कोरियाको शासनबाट मुक्त हुन भागेकी योनमीको पिडादाइ कथा (भिडियो)

उत्तर कोरियाकी २५ वर्षिया योनमी पार्कले त्यहाँको तानाशाही शासनको बारेमा भिडियोमा रुदैँ

29 June, 2016 | arjun baral | 4365 Views | comments

north korea girl

भागेर चीन जाँदै गर्दा योनमीको पिताको मृत्यु भयो। समातिने डरले बिहान तीन बजे पिताको शवलाई उनले गोप्य रुपमा गाडिन। भाग्ने क्रममा उनले आमाको बलात्कार भएको देख्नु पर्यो ।

उत्तर कोरियामा किम जोङ उनको शासन छ। समय-समयमा उच्च पदस्थ कर्मचारीलाई स-साना बहानामा मृत्युदण्ड दिएको खबर आइरहने यो देश आफ्ना नागरिकको लागि पनि क्रुर रहेको युट्युबमा अहिले भाइरल बनेको केही वर्ष अघिको यो भिडियोले पनि दर्शाउँछ।

विश्वकै रहस्यमय देश मानिने उत्तर कोरियाकी २५ वर्षिया योनमी पार्कले त्यहाँको तानाशाही शासनको बारेमा भिडियोमा रुदैँ बताएकी छिन्। उत्तर किरियाबाट कसैगरि भागेकी योनमी अहिले पनि डराएकी भिडियोमा प्रष्टै देखिन्छ।

भागेर चीन जाँदै गर्दा योनमीको पिताको मृत्यु भयो। समातिने डरले बिहान तीन बजे पिताको शवलाई उनले गोप्य रुपमा गाडिन। भाग्ने क्रममा उनले आमाको बलात्कार भएको देख्नु पर्यो। योनमी भन्छिन्, ‘कोरियामा एउटा भनाइ छ, महिला कमजोर हुन्छन्, तर आमा बलिया हुन्छन्। मलाई बचाउन आमा बलात्कृत हुनुपर्यो।’ उत्तर कोरियामा एउटा मात्र टिभी च्यानल छ, इन्टरनेट छैन। हामी गित गाउन स्वतन्त्र छैनौ, बोल्न, लगाउन अथवा सोच्न समेत आफुखुसी पाइदैन।’ उनी भन्छिन्, ‘उत्तर कोरिया विश्वको एकमात्र त्यस्तो देश हो जहाँ अनाधिकृत अन्तराष्ट्रिय फोन गर्दा मृत्युदण्ड दिइन्छ।’

योनमीले पुरुष र महिला बिच कुनै प्रेम कहानी देखेकी छैनन्। उनी भन्छिन्, ‘किताब, गित, प्रेस, प्रेमको बारेमा कुनै फिल्म छैन। त्यहाँ कुनै रोमियो छैन, जुलियट छैन। प्रत्येक कथा प्रोपोगाण्डा थियो, किमका शासकहरुको बढावाको लागि।’ योनमी सन् १९९३ मा जन्मेकी थिएन्, स्वतन्त्रता र मानव अधिकार शब्द बुझ्नु पूर्वनै योनमीलाई उठाइयो। उनी भन्छिन्, ‘उत्तर कोरियालीहरु यो समय स्वतन्त्रताको खोजीका लागि मर्दैछन्।

उनी रुदैँ भन्छिन्, ‘जब म ९ वर्षकी थिए, मैले मेरा साथीहरु र आमालाई सार्वजनिक रुपमै हत्या भएको देखे, हलिउडको फिल्म हेर्नु मेरो आमाको लागि अपराध बन्यो।’

योनमीको अनुसार उत्तर कोरियामा शासकको विरुद्ध शंका गर्दा तीन पुस्तासम्म जेलको सजाय दिइन्छ वा मारिन्छ।

चरा र मुसाले समेत नसुनोस्, उनी भन्छिन्, ‘जब म चार वर्षको थिएँ मेरो आमाले स्वासको आवाजपनि ननिकाल्न सावधान गर्नु भएको थियो। म सोच्थे उत्तर कोरियाका तानाशाहले मेरो दिमाग पढ्न सक्थे।’

उत्तर कोरियाका ७० प्रतिशत महिला तथा युवती शिकार बनाइन्छ, कहिले त २०० डलरमै बेचिन्छ। भाग्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, कम्पास हेर्दै गोबी मरुभुमी (चीन)मा हिड्थ्यौँ, जब कम्पासले काम गर्न छाड्थ्यो हामी स्वतन्त्रताको लागि तारा पछ्याउँथ्यौँ।’

उत्तर कोरिया फर्कनुपर्ने भएमा चक्कु लिएर हामी आफुलाई नै मार्न तयार थियौँ, उनी भन्छिन्, ‘हामी मानव भएर जिउन चाहन्छौँ।’

 

उत्तर कोरियाद्धारा परमण बम बनाउने उर्जा उत्पान फेरि सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK