उत्तर कोरियाको आणविक परीक्षणलाई विफल बनाउने प्रविधि जडान

ENGLISH

WORLD

उत्तर कोरियाको आणविक परीक्षणलाई विफल बनाउने प्रविधि जडान

14 July, 2016 | arjun baral | 1145 Views | comments

north and south

दक्षिण कोरियाको उत्तरी प्रान्त जियङ्मा उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल  बनाउने  प्रविधि जडान 

उत्तर कोरियाले बाह्य विश्वको आग्रहको व्यवास्ता गर्दै पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै दक्षिण कोरिया र अमेरिकाले त्यसको विरोध जनाउदै आएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् ।
उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।गत शुक्रबार मात्र उक्त प्रविधि राख्ने निर्णय भएको थियो । निर्णय भए लगतै उत्तर कोरियाले त्यसको विरोध जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्य गरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए । सोही बमोजिम नै बुधबार दक्षिण कोरियाको उत्तरी प्रान्त जियङ्मा सो प्रविधि जडान गरिएको छ ।

यता उत्तर कोरियाले गएको शनिबार मात्र पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने पनि जनाएको छ । उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ ।

सामुन्द्री जहाजबाट उत्तर कोरियाद्वारा ब्यालेष्टिक मिसाइल परिक्षण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK