उत्तरसँग मिसाइलले हान्ने आणविक हतियार

ENGLISH

WORLD

उत्तरसँग मिसाइलले हान्ने आणविक हतियार

10 March, 2016 | arjun baral | 460 Views | comments

उत्तर कोरियाली नेता किम जोङ उनले ब्यालिस्टिक मिसाइलमा राखेर प्रयोग गर्न मिल्ने साना आणविक हतियारहरू आफ्ना वैज्ञानिकले विकास गरेको बताएका छन् ।

kim
राज्य नियन्त्रित सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्बिरमा किमलाई त्यस्ता लघु आणविक हतियारसँगै उभिएको देखाइएको छ । तर यो दाबीको पुष्टि तस्बिरका आधारमा मात्र हुन सक्दैन । विशेषज्ञहरूले यस्ता दाबीमाथि पहिलेदेखि शंका गर्दै आएका हुन् ।

उत्तर कोरियाले राष्ट्रसंघले नाकाबन्दी कडा पारेपछि पनि आफ्नो धम्कीपूर्ण भाषामा झन् निखार ल्याएको छ । प्योङयाङले चौथो आणविक परीक्षणका साथै भूउपग्रह प्रक्षेपण गरेपछि सुरक्षा परिषद्ले यस्तो कदम चालेको हो । दुवै कामबाट विद्यमान प्रतिबन्धको उल्लंघन भएको थियो ।

पछिल्ला दिनमा अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा सघन संयुक्त सैनिक अभ्यास थालेपछि प्योङयाङले दुवै देशमाथि कुनै पनि बखत आणविक आक्रमण गर्न सक्ने धम्की दिएको छ । फोल इगल र कि रिजल्भ नामक यस्ता अभ्यासका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्ने गरेको छ ।

बुधबार एक आणविक भट्टीमा निरीक्षण गरेका बखत किमले यस्तो दाबी गरेका हुन् । ‘आणविक हतियारलाई ब्यालिस्टिक मिसाइलमा जडान गर्न मिल्ने गरी सानो आकारमा तयार गरिएको छ,’ सरकारी समाचार एजेन्सीसँग किमले भनेका छन् । ‘यसलाई वास्तविक आणविक निवारक भन्न सकिन्छ,’ उनले भने ।

किमले थर्मो न्युक्लियर रियाक्सनका लागि तयार गरिएका हतियारहरूसमेत निरीक्षण गरेका थिए । जुन हाइड्रोजन बम बनाउन प्रयोग हुन्छ । यो दाबी सत्य ठहरिए, उत्तरले ब्यालिस्टिक मिसाइलमा राखेर आणविक बम हान्न सक्ने भए छिमेकी मुलुकसहित अमेरिकालाईसमेत त्यसले खतरा पुर्‍याउने देखिन्छ ।

अक्टोबर २०१४ मा दक्षिण कोरियास्थित अमेरिकी फौज कमान्डर जनरल कर्टिस स्कापारोट्टीले उत्तरसँग आणविक हतियारलाई सानो रूपमा तयार पार्न सक्ने खुबी भएको बताएका थिए । मे २०१५ मा उत्तर कोरियाली राष्ट्रिय प्रतिरक्षा आयोगले पनि मुलुक उक्त काममा सफल भएको घोषणा गरेको थियो ।

तर उत्तरका आणविक शक्तिसम्बन्धी दाबीलाई अझै थुप्रै वैज्ञानिकले पत्याएका छैनन् । गत जनवरीमा गरिएको परीक्षणलाई पनि हाइड्रोजन बमकै भनेर उनीहरूले विश्वास गरेका छैनन् ।

राष्ट्रसंघद्वारा थपिएका नाकाबन्दीबाहेक दक्षिण कोरियाले उत्तरविरुद्धका विभिन्न कारबाहीको घोषणा गरेको छ ।

जसमा हतियार कार्यक्रमसँग सम्बद्ध व्यक्तिहरू तथा संस्थाको कालोसूची बनाउने पनि पर्दछ । अमेरिका र दक्षिण कोरियाले थाड नामक मिसाइल प्रतिरक्षा प्रणाली राख्ने विषयमा छलफल अगाडि बढाएका छन् । जसको उत्तर कोरिया, रसिया तथा चीनले विरोध गरेका छन्

बिबिसी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK