उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नवयुग श्रेष्ठलाई

ENGLISH

SPORTS

उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नवयुग श्रेष्ठलाई

21 July, 2016 | arjun baral | 1370 Views | comments

shreesta

राष्ट्रिय फुटवल टिमका स्ट्राइकर नवयुग श्रेष्ठले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डमा उनले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका हुन् ।

काठमाडौंको प्रज्ञा भवनमा बिहिबार भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्चले उनलाई पल्सर मोटरसाइकल र प्रमाणपत्रसहित सम्मान गरेको हो । त्यस्तै उनले डिस होमको सेटअप बक्स र एक वर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।

भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटवलमा डेब्यु गरेका नवयुग ३ ह्याट्रिक गरेर वर्षभरि चर्चाको शिखरमा रहे ।

२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा उनले उत्कृष्ट मात्रै खेलेनन् नेपाललाई जिताउन महत्वपूर्ण गोल गरेका थिए । त्यसैले नवयुगको उदयलाई कतिपयले नेपालको फुटवलकै नवयुग सुरु भएको बताएका थिए ।

बंगबन्धु गोल्डकपको फाइनमा बहराइनलाई नेपालले ३–० ले हराउँदा उनले १ गोल गरेका थिए । उनले बंगबन्धुमा ४ गोल गर्दै सर्वाधिक गोल र मोस्ट भ्यालुएबल खेलाडीबाट सम्मानित भएका थिए । त्यति मात्र हैन उनले बंगबन्धुमै माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गर्दै राष्ट्रिय टिमबाट ह्याट्रिय गर्ने पाँचौ खेलाडी समेत भएका थिए ।

त्यस्तै १२ औं सागमा नेपालले स्वर्णपदक जित्दा नवयुगले सर्बाधिक ७ गोल गरेका थिए । सागका दुई खेलमा उनले ह्याट्रिक गरेका थिए भने भारतसँगको फाइनलमा १ गोल गरेका थिए । त्यस्तै दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने उनी दोस्रो नेपाली समेत हुन् । नवयुगले राष्ट्रिय लिगमा पनि १४ गोल गर्दै वर्षभरि चर्चा कमाए । राष्ट्रिय लिगमा उनले दुई ह्याट्रिक समेत गरेका थिए ।

 उनी आफूलाई पहिला खेलाडी भन्दा पनि आर्मी भनेर चिनाउन मन पराउँछन् । इलाममा २०४६ सालमा जन्मेका नवयुगलाई नेपालको गोल मेशिन भनेर पनि चिन्ने गरिन्छ ।

नवयुग श्रेष्ठले यो अवार्डमा आफ्नै टिमका साथी विकेश कुथु, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारे ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK