उत्कृष्ट अभिनेता–अभिनेत्री को ताज दयाहाङ र नम्रतालाई

ENGLISH

ENTERTAINMENT

उत्कृष्ट अभिनेता–अभिनेत्री को ताज दयाहाङ र नम्रतालाई

उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ को पोल्टामा

1 July, 2016 | Sandeep Bhattarai | 995 Views | comments

नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ ।

fiml-award

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उहाँहरुलाई सम्मान गर्नुभयो । चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दै उपाधिको रक्षा गर्नुभयो । उहाँको यो उत्कृष्ट अभिनेताका लागि लगातार तेस्रो पुरस्कार हो ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट हात पार्नुभयो । त्यसैगरी उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले जित्दा त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक चुनिनुभयो ।

n

उत्कृष्ट नवनिर्देशक अभिनेता समेत रहनुभएका भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट जित्नुभयो । साथै उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद)तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता समेत रहनुभएका खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए । त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । उक्त पुरस्कार आदिवासी–जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारलाई प्रदान गरियो । त्यस्तै ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १११ सहित सम्मान गरियो ।

dayahang-rai

पुरस्कृत चलचित्रका विभिन्न विधा गत वर्ष प्रदर्शनमा आएका ५३ चलचित्रमध्येबाट उत्कृष्ट ठहरिएका हुन् ।

यो पनि हेर्नुस – जापानमा अभिनेत्री गौरी मल्लमाथि दुर्व्यवहार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK