उज्वेकिस्तानका राष्ट्रपतिको निधन

ENGLISH

WORLD

उज्वेकिस्तानका राष्ट्रपतिको निधन

तीन दिन राष्ट्रिय शोकको घोषणा

3 September, 2016 | arjun baral | 1670 Views | comments

उज्वेकिस्तानका राष्ट्रपति
उज्वेकिस्तानको सरकारले राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

राष्ट्रपति कारिमोभकालाई अचानक मष्तिस्कघात भएपछि ६ दिन अघि अस्पताल भर्ना गरिएको थियो। उज्वेक सरकारले एक विज्ञप्त्ति जारी गर्दै भनेको छ ‘७८ वर्षीय राष्ट्रपति कारिमोभको मष्तिस्कघातका कारण शुक्रबार राति निधन भएको छ।’

उज्वेक सरकारले राष्ट्रपति कारिमोभलाई ब्रेन हेमोरेज भएपछि गत साता अस्पताल भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको बताएको थियो ।

कारिमोभका कुनै उत्तराधिकारी नरहेको र त्यहाँको सञ्चार माध्यम सरकारको नियन्त्रणमा रहेको बीबीसीले जनाएको छ ।  कारिमोभको यसअघिनै निधन भइसकेको हल्ला चलेपनि उच्च तहका कुटनीतिज्ञहरुले उहाँको निधनको पुष्टि गरेपछि समाचार बाहिर आएको हो ।

उनको निधनपछि त्यहाँ तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको निधनपछि वर्तमान प्रधानमन्त्री सभाकत मिर्जियोएभलाई राष्ट्रपतिको उत्तराधिकारीका रुपमा हेरिएको छ।

उनको अन्तिम संस्कार उनकै गृह सहर समरकान्डमा शनिबार गरिने उज्वेक सरकारले बताएको छ। कारिमोभले सन् १९८९ यता उज्वेकिस्तानको सत्ता सम्हाल्दै आउनुभएको थियो ।


याे पनि हेर्नुहाेस् :-पूर्व राष्ट्रपति यादवलाई क्यान्सर


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK