ईक्वेटेरियल गेनियामा एनआरएनएको अध्यक्षमा सेढाई निर्वाचित

ENGLISH

NRN GLOBAL

ईक्वेटेरियल गेनियामा एनआरएनएको अध्यक्षमा सेढाई निर्वाचित

विजय थापा

20 July, 2017 | Bipin Acharya | 2040 Views | comments

मध्यपश्चिम अफ्रिका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैरआवासीय नेपाली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ ।

यस महाधिवेशनले कृष्ण चन्द्र सेढाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति दुई वर्षको लागि निर्विरोध चयन गरेको छ ।

त्यसैगरी उक्त नयाँ कार्यसमितिमा, उपाध्यक्ष कमल गौतम, सचिव बिष्णु हरी सेढाई, कोषाध्यक्ष राज कुमार के.सी.,सदस्यहरु सुमन बि.क., मानबहादुर कार्की लवकुमार थपलिया, दुतराज लामा र अनिस ल्वागुण निर्विरोध चयन भएका हुन् ।

महाधिबेशनले निवर्तमान अध्यक्ष सन्तबहादुर बिष्टलाई गैरआवासीय नेपााली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा ईक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

कार्यक्रममा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिति थियो । गैरआवासीय नेपाली संघ ईक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना करिब एक बर्ष अगाडि २०१६ मार्चमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको ७३ औं शाखाको रुपमा भएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक किशोर शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

साथै उनले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएका थिए । चुनावी प्रकृयाको पर्यवेक्षणका लागि सुनिल वि.क.लाई मनोनित गरिएको छ ।

कार्यक्रमको समापत गर्दै नव निर्वाचित अध्यक्ष कृष्णचन् सेढाईले कार्यक्रममा उपस्थित भएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा गैरआवासीय नेपाली संघको उद्देश्यहरु प्राप्तिका लागि सबैजना एकजुट भएर अघि बढनुपर्ने विचार ब्यक्त गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK