इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

ENGLISH

SPORTS

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

11 December, 2018 | Sandeep Bhattarai | 3200 Views | comments

इपिएल

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर वारियार्स सुपर ओभरमा विजयी भएको छ । पोखरा राइनोज विराटनगरसंग सुपर ओभरमा ७ रनले पराजित भयो ।

सुपर ओभरमा विराटनगरले २० रन जोड्दा पोखराले १३ रन मात्र जोड्न सक्यो । दुबै टिमले २० ओभरमा ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । यो इपिएलको पहिलो सुपर ओभर हो ।

किर्तिपुर स्थित त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा निधारित २० ओभरमा ८ विकेट गुमाउदै ८४ रन मात्र बनायो । उसका लागि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । विराटनगरको लागि पाउल भ्यान मेकेरेनले ३ विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीको भागमा २ विकेट रह्यो । त्यस्तै बसन्त रेग्मी र स्मित पटेलको नाममा पनि समान १–१ विकेट रह्यो।

८५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको विराटनगर १९.४ ओभरमा सबै विकेट गुमाउदै ८४ रन बनायो । उसका लागि आशिफ शेखले १९ रन बनाए भने कारण केसीले १५ रन जोडे । त्यस्तै रविन क्षेत्री १२ रन बनाई आउट भए भने  हरी चौहान १२ रनमा अजिवित  रहे । पोखराका लागि बिपीन खत्रीले ३ विकेट लिए भने सुसान भारी र पउल कोलिग्नको भागमा समान २-२ विकेट रह्यो । यो विराटनगरको लगातार दोस्रो जित हो भने पोखराको लगातार तेस्रो हार ।

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK