इपिएल : सुपर ओभरमा कलर्सले जगदम्बालाई हरायो

ENGLISH

SPORTS

इपिएल : सुपर ओभरमा कलर्सले जगदम्बालाई हरायो

30 September, 2016 | arjun baral | 1355 Views | comments

%e0%a4%8f%e0%a4%ad%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97एभरेष्ट प्रिमियर लिग (इपिएएल) क्रिकेटमा शुक्रबार भएको पहिलो खेलमा  कलर्स एक्स फ्याक्टर्सले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको जगदम्बा राइनोजले ९ विकेट गुमाएर २० ओभरमा १ सय १२ रन नै बनाएपछि खेल बराबर भएर सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा जगदम्बाका लागि ब्याटिङ गर्न आएका सोमपाल कामीले अभिनास कर्णको पहिलो बलमा दुई रन, दोस्रो बलमा छक्का हाने । तेस्रो बल डट भयो र चौथो बलमा सोमपाल आउट भए ।

सौरभ खनाल र पवन सर्राफले सुभर ओभरमा राम्रो सट खेल्न नसक्दा जगदम्बाले १० रन मात्र बनायो । कलर्सका लागि सुपर ओभरमा सिद्धान्त लोहनीले सोमपालको पहिलो बलमा नै छक्का हाने । दोस्रो बलमा १ रन हानेर ज्ञानेन्द्रलाई स्ट्राइक दिएपछि ज्ञानेन्द्रले तेस्रो र पाँचौ बलमा दुई दुई रन बनाएर खेल आफ्नो पक्षमा पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको हो । ज्ञानेन्द्र मल्लले ४४ बलमा २९ रन, राजेश पुलामीले २९ बलमा २९ रन, योगेन्द्र सिंह कार्कीले १८ बलमा १६ रन साथै सिद्धान्त लोहनीले १३ बलमा १९ रन बनाए । जगदम्बाका सोमपाल कामी र निजामुद्धिन हलुवाईले तीन तीन विकेट लिए । साथै शक्ति गौचनले दुई विकेट लिए ।

१ सय १३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन नै बनाएको हो । महेश क्षेत्रीले २४ बलमा २२ रन, अमित श्रेष्ठले १७ बलमा १५ रन, सोमपालले १८ बलमा १९ रन साथै पवन सर्राफले १३ बलमा १९ रन बनाए । कलर्सका सञ्जम रेग्मीले चार, योगेन्द्र सिंह कार्कीले दुई साथै हरिशंकर शाह र अमर रौतेलाले एक एक विकेट लिए ।


पञ्चकन्या तेजको लगातार चौथौं जित, सगरमाथा लेजेन्ड्स पराजित


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK