इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

ENGLISH

SPORTS

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

12 December, 2018 | Sandeep Bhattarai | 2665 Views | comments

भैरहवा

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा गर्यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए ।

यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।

विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाएका थिए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए । विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुई/दुई विकेट लिए ।

विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

दुई खेलमा चार अङ्क जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । सोही मैदानमा बुधबार हुने दोस्रो खेलमा काठमाडौँ किङ्ग्स ११ र ललितपुर प्याट्रियसबीच खेल भइरहेको छ ।

इपिएल : भैरहवाको कीर्तिमानी जित, पोखरा चार विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK