इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

ENGLISH

SPORTS

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

10 December, 2018 | Sandeep Bhattarai | 4420 Views | comments

इपिएल

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा काठमाडौँ किंङ्स इलाभेन विजयी भएको छ ।काठमाडौँले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्यो ।

किर्तिपुर स्थित त्रि वि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९.४ ओभरमा सबै विकेट गुमाउदै १६० रन बनायो । निकै राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा चितवन ठूलो योगफल बनाउन असफल भयो । उसका लागि दिपेन्द्र सिंह ऎरीले ४५ रन बनाए भने पल स्ट्रलिङले १३ बलमा ३४ रन जोडे ।

त्यस्तै सन्दीप सुनारले २५ रन बनाई आउट भए भने कप्तान पृथु बाँस्कोटा २० रनमा अविजित रहँदा जर्ज स्कटले १५ रन बनाए । चितवनका छ ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । काठमाडौँका लागि प्रदीप साहु र संसद शेखले समान २-२ विकेट लिए भने सागर पुन र केभिन ओब्राइनको भागमा समान १-१ विकेट रह्यो ।

१६१ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौँले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसका लागि भारतीय खेलाडी आनन्द सुब्रमन्नियमले बिष्पोटक ब्याटिङ गर्दै १८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४३ रनमा अविजित रहे भने सागर पुन ३९ रन बनाए ।
त्यस्तै नरेश बुढाऐरले २२ रन बनाई आउट भए बने अमरसिंह रौटेला २१ रनमा अविजित रहे । चितवनका साहव आलमले २ विकेट लिए बने पल स्ट्रलिङ र ललितसिह भण्डारीको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ द म्याच भारतीय खेलाडी आनन्द सुब्रमन्नियम। यो चितवनको लगातार दोस्रो हार हो ।

इपिएल : भैरहवाको कीर्तिमानी जित, पोखरा चार विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK