इन्डियन प्रिमियर लिग : बैंगलोरको पहिलो जित, पञ्जाब ४ विकेटले पराजित

ENGLISH

SPORTS

इन्डियन प्रिमियर लिग : बैंगलोरको पहिलो जित, पञ्जाब ४ विकेटले पराजित

14 April, 2018 | Sandeep Bhattarai | 1840 Views | comments

इन्डियन प्रिमियर लिग(आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गराएको छ । शुक्रबार राति भएको खेलमा किंग्स इलेभेन पञ्जाबलाई ४ विकेटले पराजित गर्दै बैंगलोरको पहिलो जित आत्मसात गरेको हो ।

भारतको चिन्नास्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबको टीमले १९.२ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनायो । उसका लागि लोकेश राहुलले ३० बलमा दुई चौका र चार छक्काको सहयोगमा ४७ रन बनाए भने रविचन्द्रन आश्विनले ३३ रन जोडे । त्यस्तै करुण नायरले २९ रन बनाई आउट भए भनव मयंक अग्रवालले १५ र मार्कुस स्टोनिसले ११ रन बनाए । बैंगलोरको लागि उमेश यादवले ३ विकेट लिए भने क्रिस वाक्स, कुल्वन्त केजरोयिा र वासिङ्टन सुन्दरको भागमा समान २-२ विकेट रह्यो । यस्तै युजभेन्द्र चाहलले १ विकेट चट्काए ।

१ सय ५६ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि एबी डिभिलियर्सले ५७ रन बनाए जसमा चार छक्का र दुई चौका पनि सामेल छन् । भने क्विन्टन डी ककले ४५ रन जोडे । ४० बल सामना गरेका एबीले ४ छक्का र २ चौका प्रहार गरे भने डी ककले ३४ बलमा सात चौका र एक छक्का हिर्काए ।

पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विनले २ विकेट लिए भने अक्षर पटेल, मुजिब उर रहमान र एन्ड्रयू टेले को भागमा समान १-१ विकेट रह्यो । बैंगलोरका उमेश यादव खेलका म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स भिड्दै छन् भने दोस्रो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद आमने- सामने हुनेछन् ।

सबै टोलीको दुई खेलको समाप्तिसंगै ४ अंक जोडेका सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नाई दोस्रो स्थानमा छ । त्यस्तै पञ्जाब, बैंगलोर, कोलकाता नाइट राइजर्स, राजस्थान रोयल्सको समान २ अंक सहित क्रमश तेस्रो, चौथौं, पाँचौं र छैठौं स्थानमा छन् ।मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्स भने दुबै खेलमा पराजित हुँदै अंकविहीन रहदै सातौं र आठौँ स्थानमा रहेका छन् ।

इन्डियन प्रिमियर लिगमा दिल्ली र कोलकत्ता विजयी

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK