इन्डियन प्रिमियर लिग(आइपिएल)अन्तर्गत बुधबार भएको खेलमा राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाब विजयी भएका छन् ।
हिजो भएको पहिलो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको छ । बैंगलोरको घरेलु मैदान बेन्गललुरुमा टस हारेर पहिले ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २१७ रन बन्यो । उसका लागि संजु स्याम्सनले अविजित रहदै ९२ रनको पारी खेले । ४५ बलको सामना गरेका स्याम्सनले २ चौका र १० छक्का हिर्काए । त्यस्तै कप्तान अजिन्क्या रहानेले ३६ रनबनाए भने बेन स्टक्सले २७ तथा जोस बटलरले २३ रन जोडे । बैंगलोरका लागि युजभेन्द्र चाहल र क्रिस वक्सलेसमान २- २ विकेट लिए ।
२१८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको बैंगलोर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन मात्र बनायो । उसका लागि कप्तान विराट कोहलीले ५७ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै मनदीप सिंह ४७ रनमा अविजित रहंदा वाशिंगटन सुन्दर ३५ रनमा आउट भए । राजस्थानको लागि श्रेयस गोपालले २ विकेट लिए । खेलको म्यान अफ द म्याच सन्जु स्याम्सन भए ।
यो राजस्थान रोयल्सको तेस्रो खेलमा दोस्रो जित हो भने तीन खेल खेल्दा बैंगलोर २ मा पराजित भएको छ।
त्यस्तै बुधबार राति भएको अर्को खेलमा किंग्स इलेभेन पञ्जाबले चेन्नई सुपर किंग्सलाई ४ रनको रोमान्चक जित निकालेको छ । टस हारेर पहिले व्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन रन बनाएको थियो ।
जारी आइपिएलमा पहिलो खेल खेल्ने क्रममा क्रिस गेल्ले उत्कृष्ट पारी खेले । पहिलो विकेटका लागि लोकेश राहुल र क्रिस गेलले ९६ रनको साझेदारी गर्दै टोलीलाई मजबुत सुरुआत दिलाएका थिए ।गेलले ३३ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६३ रनको योगदान दिए भने राहुलले २२ बलमा ७ चौकाका साथ ३७ रन बनाए । यसैगरी मयंक अग्रवालले १९ बलमा १ चौका र २ छक्कासहित ३० रन जोडे भने करुण नायरले १७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाई आउट भए ।
त्यस्तै युवराज सिंहले १३ बलमा २ चौका र १ छक्कासहित २० रन जोड्दा कप्तान रविचन्द्रन आश्विनले १४ रन बनाएर आउट भए । चेन्नईको लागि शर्दुल ठाकुर र इमरान ताहिरले समान २-२- विकेट लिए । १९८ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ५ विक्व्र गुमाउदै १९३ रन मात्र बनायो । उसका लागि कप्तान महेन्द्र सिंह धोनी उच्चा पारी खेले पनि टोलीलाई तेस्रो जित दिलाउन सकेनन् ।४४ बल खेलेका धोनीले ६ चौका ५ छक्काका साथ अविजित रहँदै ७९ रन जोड्दै टोलीलाई जित नजिक पुर्याए पनि जित हात पार्न सकेनन् । त्यस्तै अम्बाटी रायडुले ४९ रन बनाए भने रविन्द्र जडेजाले १९ रन ओद्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।
पञ्जाबका एन्ड्रयू टेले २ विकेट लिए भने मोहित शर्मा र रविचन्द्रन आश्विनको भागमा समान १- १ विकेट रह्यो । खेलको म्यान अफ द म्याच क्रिस गेल भए । प्रतियोगिता अन्तर्गत सोमबार कोलकाता नाईट राईडर्स ए दिल्ली डेयर डेभिल्स भिड्दै छन् ।
न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...
कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...
इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...
चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...